back
CTIZAN AD

विदेशमा कमाएर पठाएको रकमको हिसाब नबुझाएको भन्दै सम्बन्ध विच्छेद !

वि.सं.२०७७ साउन २७ मंगलवार

831 

shares

२७ साउन, मकवानपुर । वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ ।

वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुर जिल्लामा पनि गत आव २०७६÷७७ मा जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि ५३१ मुद्दा दर्ता गरिएको थियो । तीमध्ये ३०० मुद्दा फछ्र्योट गरी पत्नी र पतिबीच सम्बन्धविच्छेद गरिएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।

जिल्ला अदालतमा अघिल्लो आव २०७४÷७५ मा दर्ता भएका ५१२ सम्बन्धविच्छेदका मुद्दामध्ये अदालतले ३३३ मुद्दा फछ्र्र्योट गरेको थियो । जिल्ला अदालतमा विवाहित पत्नीहरुले पतिबाट पारिवारिक हिंसा, दुव्र्यवहार गर्नुका साथै खान लगाउन नदिएको भनी सम्बन्धविच्छेद गरी पाऊँ भनी दिइएको निवेदनअनुसार जिल्ला अदालतको इजलासमा कानूनी बहस हुँदा बरु पत्नीबाटै ६० प्रतिशत पतिमाथि नै आर्थिक र पारिवारिक विवादको कारणबाटै सम्बन्धविच्छेद बन्न पुगेको जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले बताए ।

विवाहित पत्नीले पतिभन्दा अन्य व्यक्तिसँग हेलमेल गरी अधिक खर्च गरेको भनी पतिले आरोप लगाउँदा करिब ४० प्रतिशत जति विवाहित पत्नी सम्बन्धविच्छेदको शिकार हुनुपरेको पनि श्रेस्तेदार भट्टराईले जानकारी दिए । अदालतको इजलासमा नवविवाहित युवतीले आफ्नो पतिसँग अब कुनै अंशबण्डाको हिस्सा नलिने स्वीकार गर्दै अन्य व्यक्तिसँग नाता जोड्ने मनसाय राखी सम्बन्धविच्छेद गर्ने उद्देश्य राखी निवेदन दर्ता गरिएको पनि श्रेस्तेदार भट्टराईले उल्लेख गरे ।

यसैगरी जिल्ला अदालत मकवानपुरले गत आव २०७६÷७७ मा बाल हिंसा, चोरी र नाबालकले नाबालिकालाई प्रलोभनमा पारी जबर्जस्ती अनुचित कार्य गर्न बाध्य बनाइएको मुद्दामा जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठको बाल इजलासले केही नाबालिकालाई सम्बन्धित अभिभावकको जिम्मा र केही नाबालकलाई सुधारगृहमा कैद भुक्तानको लागि पठाएको जनाएको छ ।

जिल्ला अदालतमा बाल हिंसा अनुचित कार्य गर्ने र चोरी अभियोग सम्बन्धमा समेत गत आवमा २७ मुद्दा दर्ता गराएकामध्ये २० मुद्दाको फछ्र्र्यौट गरी बालबालिकाको इजलासबाट थप सुरक्षागृहमा बालबालिकालाई पठाइएको पनि जिल्ला अदालतले जनाएको छ । रासस

वि.सं.२०७७ साउन २७ मंगलवार ०८:२८ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...