back

स्वास्थ्यकर्मी माथि कुटपिट गर्ने दुई युवक पक्राउ

वि.सं.२०७७ साउन २७ मंगलवार

246 

shares
RBB AD
NTC AD

२७ साउन, बैतडी । बैतडीमा महिला स्वास्थ्यकर्मीलाई कुटपिट गरी फरार रहेका दुई जनालाई प्रहरीले सोमबार अपराह्न नियन्त्रणमा लिएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ती दुवै जनामाथि पुर्चौडीकै न्वादेउ स्वास्थ्यचौकी अन्तर्गतको नकाली नगर स्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्ट र ३१ वर्षीया कार्यालय सहयोगी बिमला कुँवरमाथि कुटपिट गरेको आरोप छ । ती दुवै जनालाई उनीहरुकै घरबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । उनले भने, “नियन्त्रणमा लिएका दुवैमाथि अनुसन्धान हुन्छ, आवश्यक देखिए मुद्दा चलाउँछौँ ।”

आइतबार स्वास्थ्य केन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि ती युवकले कुटपिट गरेको भन्दै जानकीले प्रहरीमा उजुरी दिए । स्थानीय एक वृद्धा बिरामीलाई स्लाइन चढाइरहेका बेला ती युवकहरुले कुटपिट गरेको उनले बताए । उनले भने, “वृद्धा आमा कान नसुन्ने भएकाले उहाँसँग ठूलो स्वरले बोल्दा स्वास्थ्यकर्मीले सेवा दिने तरिका यही हो भनेर गालीगलौज गर्दै कुटपिट गरे ।” ती युवाको कुटपिटबाट जानकीको हातको औला भाँचिएको, मुख, छाती र टाउकोमा चोट रहेको छ । अनमी जानकीसँगै कार्यालय सहयोगी विमलामाथि हातपात गर्नुका साथै ती दुवै जनाले कार्यालयमा रहेका कागजात पनि च्यातेको बताइएको छ ।

यसैबीच स्वास्थ्यकर्मीमाथि ड्युटीमै रहेका बेला स्वास्थ्य संस्थामै कुटपिट र दुव्र्यवहार भएकाले आफूहरु असुरक्षित रहेको न्वादेउ स्वास्थ्य चौकीका इञ्चार्ज गणेश धानुकले बताए । उनले भने, “स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने जोसुकैलाई पनि कानूनी कारवाही हुनुपर्छ, स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण बन्नुपर्छ ।” रासस

वि.सं.२०७७ साउन २७ मंगलवार ०९:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आज विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी

आज विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने प्रदेशसभाको...

वैदेशिक रोजगारी छाडेर तरकारी खेतीमा लागेका गोविन्दले दिनमै सात हजार आम्दानी गर्छन्

वैदेशिक रोजगारी छाडेर तरकारी खेतीमा लागेका गोविन्दले दिनमै सात हजार आम्दानी गर्छन्

कञ्चनपुर । वैदेशिक रोजगारी छाडेर शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीका गोविन्द दहित...

चैत मसान्तसम्म एक अर्ब ७८ करोड राजस्व सङ्कलन

चैत मसान्तसम्म एक अर्ब ७८ करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली) । आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ...

मुख्यमन्त्री सोडारीले शुक्रवार विश्वासको मत लिँदै

मुख्यमन्त्री सोडारीले शुक्रवार विश्वासको मत लिँदै

  काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्धबहादुर सोडारीले शुक्रवार(२१ गते)...

चुरे पहाडका वनमा डढेलो

चुरे पहाडका वनमा डढेलो

गोदावरी (कैलाली) । कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे...

बझाङ प्रदेशसभा -१ मा एमालेका भण्डारी विजयी

बझाङ प्रदेशसभा -१ मा एमालेका भण्डारी विजयी

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा एमालेका उम्मेदवार...