२१ साउन, काठमाडौँ । अमेरीकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६६ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा अमेरीकामा ४९ हजार ८ सय कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ५ सय ६९ जनाको मृत्यु भएको छ ।
यससँगै अमेरीकामा कोरोना संक्रमितको संख्या ५२ लाख ५१ हजार ४ सय ४६ पुगेको छ भने संक्रमणबाट १ लाख ६६ हजार १ सय ९२ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ साउन २७ मंगलवार ०९:४१ मा प्रकाशित





























