back
CTIZAN AD

कोरोना संक्रमणको जोखिम बढेपछि परीक्षा नलिई माथिल्लो कक्षा पढाउने त्रिविको तयारी

वि.सं.२०७७ साउन २७ मंगलवार

624 

shares

२७ साउन, काठमाडौँ । सरकारले लकडाउन हटाएपछि कोभिड-१९ संक्रमितको संख्या बढेकाले त्रिभुवन विश्वविद्यालयले परीक्षा अनुकुल समयमा लिने गरी माथिल्लो तहका कक्षा सुरु गर्ने तयारी गरेको छ ।

यसअघि भदौ पहिलो सातादेखि लिने गरी परीक्षाहरु स्थगित भएका थिए । तर, संक्रमण बढ्दै गएकाले स्थिति सहज भएपछि मात्र ती परीक्षा सञ्चालन गर्ने गरी अनलाइनमार्फत माथिल्लो कक्षामा पठनपाठन सुरु गर्न लागिएको हो ।

त्रिविका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले अहिलेकै अबस्थामा परीक्षा लिन नसकिने बताए ।  ‘संक्रमण बढेको छ, अब अनुकूल समयमा परीक्षा लिने गरी पठनपाठन सुरु गर्छाै,’ उनले भने । त्रिविका केही संकायले लकडाउन खुलेपछि सार्वजानिक गरेका परीक्षा तालिका स्थगित गरेका छन् ।

परीक्षा तालिका सार्वजनिक गरेका र गर्ने तयारीमा रहेका कार्यालय र विद्यार्थी अन्योलमा परेका छन् । व्यावस्थापन संकायले संक्रमण बढेका कारण अर्काे सुचना नहुँदासम्म परीक्षा स्थगित गरेको छ ।

धेरै विद्यार्थी संख्या रहेको त्रिभुवन विश्वविद्यालयले यसअघि सेमेस्टरको परीक्षासम्बन्धी निर्णय गर्ने अधिकार डिन कार्यालयलाई दिएको थियो । यस्तै, वार्षिक परीक्षा बारे निर्णय गर्ने अधिकार परीक्षा नियन्त्रण कार्यालयलाई दिइएको छ ।

त्रिविको इन्जिनियरिङ तथा कृषी र पशुविज्ञान अध्ययन संस्थानले ७ भदौ देखि परीक्षा सुरु गर्ने तालिका सार्वजानिक गरेका छन् ।
इन्जिनियरिङले ७ साउनमै निर्णय गरी स्नातकोत्तर तहको ७ भदौ र स्नातकको १५ भदौदेखि सुरु हुने परीक्षा तालिका सार्वजानिक गरेको छ ।
अन्य अध्ययन संस्थान पनि परीक्षा नियन्त्रण कार्यालयसँग परीक्षा केन्द्रको तालिका मिलाउन छलफलमा जुटेका थिए । तर, पछिल्लो समय संक्रमित संख्या बढेपछि विद्यार्थी र विश्वविद्यालय नै अन्योलमा छन् । मंगलबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७७ साउन २७ मंगलवार ०९:५५ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...