२७ साउन, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ आइतबारदेखि पुनः निरन्तर रुपमा घट्दै आएको छ ।
सोमबार प्रतितोला १ लाख २४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज मंगलबार भने ८ सय रुपैयाँले घटेर १ लाख १६ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख ११ सयमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज चाँदीको भाउ भने बढेको छ । सोमबार प्रतितोला १३ सय ९५ मा कारोबार भइरहेको चाँदीको भाउ मंगलबार ४० रुपैयाँले बढेर प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७७ साउन २७ मंगलवार १०:५१ मा प्रकाशित






























