back
CTIZAN AD

बेरुत विस्फोटन पछि लेबनानका तीन मन्त्रीद्धारा राजिनामा

वि.सं.२०७७ साउन २७ मंगलवार

753 

shares

२७ साउन । बेरुत विस्फोटन पछि लेबनानका तिन मन्त्रीहरुले राजिनामा दिएका छन । लेबनानका कानुनमन्त्री मारिया क्लाउड नाज्मले सोमबार पदबाट राजीनामा दिएका छन ।

उनले प्रधानमन्त्री हसन डिअबलाई राजीनामा पत्र बुझाइसकेका लेबनानको प्रसारक संस्था एम टिभीले जनाएको छ ।

यसअघि सञ्चार मन्त्री मनल अब्देल समद र वातावरण मन्त्री डामियनोस कात्तारले पनि राजीनामा पत्र बुझएका थिए । बेरुतमा केही दिनअघि भएको विस्फोटन र त्यसपछि भएको विरोधका कारण उहाँहरुले राजीनामा दिनुभएको समाचारमा जनाइएको छ ।

यही अगस्ट महिनाको ४ तारिखमा भएको विस्फोटनमा परी १५८ जनाको मृत्यु भएको छ भने छ हजारभन्दा बढी घाइते भएका छन् । त्यसैगरी लाखौ बराबरको भौतिक क्षति भएको र सहरको झण्डै आधा घरमा विस्फोटनको असर परेको छ । बेरुतमा भएको विस्फोटनका कारण अझै पनि केही मानिस बेपत्ता अवस्थामै छन् भने लाखौँ विस्थापित भएका छन् ।

शक्तिशाली विस्फोटनका कारण असुरक्षित महसुस गरेर, घरबार विहिन भएर उनीहरु विस्थापित हुन परेको अधिकारीहरुले जनाएका छन् ।

लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा गत मङ्गलबार अबेर विनाशकारी र शक्तिशाली विस्फोट भएको थियो । करिब दुई हजार ७५० टन ‘एमोनियम नाइटे«ट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटनको आवाज धेरै ढाटासम्म सुनिएको थियो ।

यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइटे«ट’ भण्डारण गरिएको थियो ।

वि.सं.२०७७ साउन २७ मंगलवार ११:२५ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...