back
CTIZAN AD

कोरोनाविरुद्वको भ्याक्सिन बनाएको रुसी राष्ट्रपतिको घोषणा, आफ्नी छोरी पनि भ्याक्सिनबाट ठिक भएको भनाई

वि.सं.२०७७ साउन २७ मंगलवार

1.3K 

shares

काठमाडौं । रुसी राष्ट्रपति भ्यादिमीर पुटिनले कोरोना भाइरसविरुद्वको भ्याक्सिन बनाएको घोषणा गरेका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार मंगलबार उनले पहिलो भ्याक्सिन आफ्नी छोरीलाई दिएको र छोरीले निकै राहत महसुस गरेको कुरा सार्वजनिक गरेका हुन् ।

‘हामीले कोरोनाको सुरक्षित भ्याक्सिन बनाएका छौं र देशमा रजिष्टर्ड पनि गर्यौं, मैंले आफ्नी एक छोरीमा पहिलो भ्याक्सिनको प्रयोग गरें, उनी निकै आराम महसुस गरेकी छिन्’, उनले भनेका छन् ।

रुसी अधिकारीका अनुसार ‘स्पूतनिक–वी’ नाम दिइएको भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले पनि स्वीकृति दिएको छ । बताइएअनुसार भ्याक्सिन सबैभन्दा पहिला मेडिकल कर्मचारी, शिक्षा र जोखिममा परेका मानिसलाई लगाईनेछ ।

महिनाभरभित्र भ्याक्सिन आउने घोषणा गरेको थियो

रुसले महिना भर पहिले नै भ्याक्सिन आउने संकेत गरेको थियो । भ्याक्सिनको ट्रायलमा सबैभन्दा अगाडि देखिएको रुसले १० देखि १२ अगस्टभित्रमा भ्याक्सिन दर्ता गर्ने जनाएको थियो ।

रुसले भ्याक्सिन घोषणा गरेको भएपनि अमेरिका र ब्रिटेनले भने भरोसा गरेका छैनन् । उनीहरुले रुसमाथि भ्याक्सिन बनाउने फर्मुला चोरेको आरोप लगाएका छन् ।

सेक्टेम्बरदेखि उत्पादन, अक्टुबरदेखि नागरिकलाई लगाईने

विश्वकै पहिलो यस भ्याक्सिनलाई रुसको रक्षा मन्त्रालय र गामालेया नेशनल सेन्टर फर रिसर्च अन एपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजीले मिलेर बनाएका हुन् । सेक्टेम्बरदेखि उत्पादन गर्ने र अक्टुबरदेखि आम नागरिकलाई लगाउने गरि रुसको तयारी रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

सबै आवश्यक ट्रायर पुरा गरिएको हो : रुसी स्वास्थ्य मन्त्री

रुसी न्यूज एजेन्सी तासका अनुसार देशका शीर्ष अधिकारीसँगको मंगलबारको छलफलमा राष्ट्रपति पुटिनले भ्याक्सिन रजिस्टर्ड गरेको बताएका थिए । पुटिनले स्वास्थ्य मन्त्री मिखाइल मुराशलाई यसबारे विस्तृत जानकारी दिन लगाएका थिए ।

मुराशले बताएअनुसार भ्याक्सिनको परीक्षण अभियानमा सबै खालको प्रभावबारे अध्ययन गरिएको थियो । भ्याक्सिनको परीक्षण गर्दा बिरामी व्यक्तिमा राम्रो इम्यूनिटी पैदा गरेको तथ्य भेटिएको थियो । उनले रुसी विशिष्ट व्यक्तिहरुसँगको छलफलमा सबै परीक्षणमा भ्याक्सिन पूर्णं सफल रहेको बताएका थिए ।

क्लीनकल ट्रायलमा सत् प्रतिशत सफल

रुसको रक्षा मन्त्रालयले बताएअनुसार भ्याक्सिनको सबै परीक्षणमा कुनै खालको साईड इफेक्ट देखिएको छैन् । क्लीनिकल ट्रायलमा पनि भ्याक्सिन सत् प्रतिशत सफल रहेको छ । रिपोर्ट अनुसार जसलाई भ्याक्सिन दिइएको थियो उनीहरुमा राेगप्रतिराेधात्मक क्षमताको असाध्यै राम्रो विकास भएको पाइएको थियो ।

वि.सं.२०७७ साउन २७ मंगलवार १५:२८ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...