२७ साउन, काठमाण्डौं । नेपालमा आज १७१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १७१ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।
आज १७१ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १६ हजार ६६४ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ६९.६ प्रतिशत हो ।
यस्तो छ निको हुनेको प्रदेश विवरण
प्रदेश १ मा १०४४, प्रदेश २ मा ३,३८५ बाग्मति प्रदेशमा ६१८, गण्डकी प्रदेशमा १४८७, प्रदेश नं ५ मा ४१८९, कर्णाली प्रदेशमा १,९०० र सुदूरपश्चिम प्रदेशमा ४,०४१ गरी हालसम्म १६ हजार ६६४ जना निको भएर घर फर्किएका छन् ।
file-photo
वि.सं.२०७७ साउन २७ मंगलवार १८:५१ मा प्रकाशित






























