back
CTIZAN AD

कोरोना सङ्क्रमणमुक्त घोषणा गरिएको न्युजिल्याण्डमा फेरि संक्रमित देखिन थाले

वि.सं.२०७७ साउन २९ बिहीवार

810 

shares

२९ साउन, वेलिङ्टन । कोरोना सङ्क्रमणमुक्त भनेर घोषणा गरिएको न्युजिल्याण्डमा १०२ दिनपछि फेरि सङ्क्रमित भेटिएका छन् ।

सरकारी अधिकारीले चार जना नयाँ सङ्क्रमित भेटिएको पुष्टि गरेका छन् तर उनीहरु समुदायबाट सङ्क्रमित नभएको पनि स्पष्ट पारेका छन् ।

अमेरिकाबाट प्रकाशित हुँदै आएको वासिङ्टन पोष्टले न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्डा अर्डेर्नलाई उद्धृत गर्दै समाचार लेखेको छ ।

समाचारमा प्रधानमन्त्री जासिन्डाले कोरोनाको सङ्क्रमण फैलिन नदिनका लाग मुलुकमा फेरि प्रतिबन्धात्मक व्यवस्था लागु गर्न लागेको उल्लेख छ ।

उनले सबैलाई घरमै बस्न र मास्क लगाउने, सामाजिक दुरी कायम गर्नेलगायतका आधारभूत सतर्कता अपनाउन आग्रह गरेकी छन् ।

अहिले सङ्क्रमित भएकामध्ये पहिलो सङ्क्रमित झण्डै ५० वर्षका रहेका र उनको अन्तरराष्ट्रिय यात्राको विवरण नरहेको अधिकारीले जनाए । त्यसपछि परिवारका सबै सदस्यको परीक्षण गर्दा तीनै जनामा सङ्क्रमण देखिएको थियो ।

प्रधानमन्त्री जासिन्डाले कोरोनाका विरुद्धमा सबैजना फेरि एक पटक एकजुट भएर लड्ने र परास्त गरिछाड्ने बताइन् । एएनआई

वि.सं.२०७७ साउन २९ बिहीवार ०८:५६ मा प्रकाशित

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...