back
CTIZAN AD

सुरक्षाकर्मीमा बढ्दो छ कोरोना संक्रमणको जोखिम, हालसम्म ६ सय ९४ जना संक्रमित

वि.सं.२०७७ साउन २९ बिहीवार

753 

shares

२९ साउन, काठमाण्डौं । फ्रन्ट लाइनमा बसेर कामगर्ने सुरक्षा निकाय, स्वास्थ्य क्षेत्रलगायतमा कोरोना संक्रमणको उच्च जोखिम बढ्दै गएको छ ।

बुधबारसम्म नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीतर्फका गरी ६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

सर्वसाधारणको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमा कोरोनाको संक्रमण गति बढ्दै गएपछि सबै सुरक्षा निकायले उच्च सतर्कता अपनाएर जिम्मेवारी निर्वाह गर्न थालेका छन् । सबै सुरक्षा निकायले आफ्ना निकायका सुरक्षकर्मीका लागि उपलब्ध गराउँदै आएको सबै किसिमका बिदासम्म बन्द गरेका छन् ।

प्रहरी प्रधान कार्यालयले तालिम केन्द्रले दिने गरेको डे, नाइट तथा घण्टे आउटजस्ता बिदासमेत कटौती गर्न निर्देशन दिएको छ ।
यसैगरी प्रधान कार्यालयले प्रदेश, संघीय प्रहरी इकाइ, जिल्ला लगायत प्रमुखको जिम्मेवारीमा रहेका अधिकारीलाई अति आवश्यक बाहेकका अवस्थामा ब्यारेक छाडेर ननिस्कन र बिदा नबस्न समेत भनेको बिहिबारको राजधानी दैनिकमा समाचार छ ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार बुधबारसम्म प्रहरीतर्फ २ सय ८५ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये १ सय ६५ जना निको भएर आफ्नो काममा फर्किसकेका छन् । संक्रमण देखिएका १ सय २० जना प्रहरीको काठमाडौं र उपत्यका बाहिरका कोभिड अस्पतालमा उपचार भइरहेको छ ।

सशस्त्र प्रहरीतर्फ बुधबारसम्म १ सय ८५ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये १ सय १९ जना निको भएर घर फर्किसकेका छन् भने ६७ जनाको हाल विभिन्न कोभिड अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी प्रवक्ता डीआइजी राजु अर्यालले जानकारी दिए ।
सुरुमा सीमासुरक्षा तथा क्वारेन्टाइन सुरक्षामा खटिएकामा संक्रमण देखिएको थियो भने अहिले ब्यारेकभित्र संक्रमण पसिसकेको छ ।

त्यस्तैगरी नेपाली सेनातर्फ २ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ७८ जना निको भइसकेका छन् भने १ सय ४६ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सेनातर्फ मंगलबार दाङमा एकैपटक २९ जनामा संक्रमण पुष्टि भएको थियो ।
संक्रमण गति बढ्दै गएपछि बाहिरी सबै कार्यक्रम रद्द गरिएको छ । शोक परेका बाहेक सेनातर्फ उपलब्ध गराइदै आएको सबै किसिमका बिदासमेत बन्द गरिएको छ ।

वि.सं.२०७७ साउन २९ बिहीवार ०९:२४ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...