back

मोदीसँगै भूमि पुजा गरेका महन्त गोपाल दासलाई कोरोना संक्रमण

वि.सं.२०७७ साउन २९ बिहीवार

174 

shares
RBB AD
NTC AD

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै भूमि पुजा गरेका महन्त गोपाल दासलाई कोरोना संक्रमण देखिएको छ । भारतीय अनलाईन जागरणले जनाएअनुसार अचानक स्वास्थ्य समस्या आएसँगै उपचारका लागि अस्पताल लगिएका गोपाल दासमा कोरोना संक्रमण देखिएको हो ।

कोरोना देखिएसँगै अहिले उनलाई हरियाणाको गुरुग्राम मेदान्त अस्पतालमा उपचारका लागि सारिएको छ । जागरणले जनाएअनुसार महन्त गोपाल दासमा रुघा–खोकीसँगै श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ । उनमा ज्वरोको समस्या पनि आएको जागरणले उल्लेख गरेकाे छ ।

महन्त बुधबार राती भगवान श्रीकृष्णको जन्मस्थानमा आयोजित कृष्ण जन्मोत्सवमा सहभागी भएका थिए ।

गत पाँच अगस्टमा रामको जन्मभूमि अयोध्यामा मन्दिर निर्माणको लागि आयोजित भूमि पुजा समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी र गोपालदासले सँगै पुजा गरेका थिए । उक्त समय प्रधानमन्त्री मोदीसँगै, हिन्दु संघका प्रमुख मोहन भागवत, राज्यपाल आनन्दीबेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथसमेत कयौं अतिथिहरु सहभागी थिए ।

महन्तसँगै पटक–पटकका पुजामा सहभागी मुख्यमन्त्री आदित्यनाथले महन्थमा कोरोना संक्रमण देखिएसँगै सामाजिक सञ्जाल ट्विटरमार्फत सिघ्र स्वास्थ्य लाभको काम गरेका छन् । उनले उपचारमा सहभागी चिकित्सकसँग निरन्तर संवादमा रहेको पनि बताएका छन् ।

वि.सं.२०७७ साउन २९ बिहीवार १४:२१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुरौदी फाँटमा आचार्यको व्यावसायिक कृषिकर्म

सुरौदी फाँटमा आचार्यको व्यावसायिक कृषिकर्म

गण्डकी । रोजगारीको खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएको वास्तविकतामा यहीँ...

राष्ट्रपतिद्वारा वैशाख २८ गतेका लागि संसद अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा वैशाख २८ गतेका लागि संसद अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन...

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनेछैन: गृहमन्त्री लामिछाने

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनेछैन: गृहमन्त्री लामिछाने

नेपालगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा...

प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव...

एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ परे ?

एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ परे ?

काठमाडौं । सरकारले एकैपटक ४८ जना उपसचिवको सरुवा गरेको छ...

अप्रिलमा मात्रै १ लाख बढी पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति आए ?

अप्रिलमा मात्रै १ लाख बढी पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति आए ?

काठमाडौँ । नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...