back
CTIZAN AD

मोदीसँगै भूमि पुजा गरेका महन्त गोपाल दासलाई कोरोना संक्रमण

वि.सं.२०७७ साउन २९ बिहीवार

795 

shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै भूमि पुजा गरेका महन्त गोपाल दासलाई कोरोना संक्रमण देखिएको छ । भारतीय अनलाईन जागरणले जनाएअनुसार अचानक स्वास्थ्य समस्या आएसँगै उपचारका लागि अस्पताल लगिएका गोपाल दासमा कोरोना संक्रमण देखिएको हो ।

कोरोना देखिएसँगै अहिले उनलाई हरियाणाको गुरुग्राम मेदान्त अस्पतालमा उपचारका लागि सारिएको छ । जागरणले जनाएअनुसार महन्त गोपाल दासमा रुघा–खोकीसँगै श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ । उनमा ज्वरोको समस्या पनि आएको जागरणले उल्लेख गरेकाे छ ।

महन्त बुधबार राती भगवान श्रीकृष्णको जन्मस्थानमा आयोजित कृष्ण जन्मोत्सवमा सहभागी भएका थिए ।

गत पाँच अगस्टमा रामको जन्मभूमि अयोध्यामा मन्दिर निर्माणको लागि आयोजित भूमि पुजा समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी र गोपालदासले सँगै पुजा गरेका थिए । उक्त समय प्रधानमन्त्री मोदीसँगै, हिन्दु संघका प्रमुख मोहन भागवत, राज्यपाल आनन्दीबेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथसमेत कयौं अतिथिहरु सहभागी थिए ।

महन्तसँगै पटक–पटकका पुजामा सहभागी मुख्यमन्त्री आदित्यनाथले महन्थमा कोरोना संक्रमण देखिएसँगै सामाजिक सञ्जाल ट्विटरमार्फत सिघ्र स्वास्थ्य लाभको काम गरेका छन् । उनले उपचारमा सहभागी चिकित्सकसँग निरन्तर संवादमा रहेको पनि बताएका छन् ।

वि.सं.२०७७ साउन २९ बिहीवार १४:२१ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...