३० साउन, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४ लाख नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २४ लाख ५९ हजार ६ सय १३ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ हजार १ सय ४४ रहेको छ ।
पछिल्लो २४ घण्टामा ६४ हजार १ सय ४२ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ हजार ६ जनाको मृत्यु भएको छ ।
भारतमा अहिले पनि ६ लाख ६० हजार ८ सय ३३ जना संक्रमित अवस्थामै रेहेका छन भने १७ लाख ५० हजार ६ सय ३६ जना कोरोना मुक्त भएका छन ।
विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड १० लाख ६७ हजार १ सय ३७ रहेको छ भने ७ लाख ५३ हजार ४ सय ७९ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ साउन ३० शुक्रवार ०९:१५ मा प्रकाशित





























