back
CTIZAN AD

महामारीबीच पनि बैदेशिक व्यापार स्थिर: चीन

वि.सं.२०७७ साउन ३२ आइतवार

777 

shares

३२ साउन, बेइजिङ । कोभिड-१९ महामारी फैलिएता पनि एशिया-यूरोप महादेश पार गर्दै सञ्चालनमा आएका चीन-यूरोप रेलसेवाको सङ्ख्या तथा ढुवानी माल-सामान परिमाण बढ्दै गइरहेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

जुन महिनाको अन्तसम्म तीन महिनासम्म लगाताररूपमा सञ्चालनमा आएको सो रेलसेवाको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ जुन गत पाँच महिनामा लगाताररूपमा १० प्रतिशतभन्दा बढीले बृद्धि भएको चिनिँया उद्योग मन्त्रालय स्रोतले बताएको छ ।

“महामारीको प्रभावमा चालु वर्षयता, विश्व व्यापार परिमाण ठूलो मात्रामा घटेतापनि चीनको बैदेशिक व्यापार समष्टिगतरूपमा बजारको पूर्वप्रक्षेपणभन्दा राम्रो भएको देखिन्छ र विश्वका मुख्य आर्थिक एकाइभन्दा राम्रो भइरहेको छ,” बेलायती अर्थतन्त्र अनुसन्धान कम्पनी क्यापिटल इक्नोमिक्सका चिनियाँ अर्थ विश्लेषक मार्टिन रास्मुस्सेनले भने ।

सरकारले महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्न महत्वाकांक्षी नीति लागू गरेसँगै चीनको अर्थतन्त्र आगामी केही महिनामा निरन्तररूपमा पूरानो अवस्थामा पुग्ने देखिएको बताउँदै उनले भने, “आयातमा निरन्तर बृद्धि हुनुका साथै विश्वव्यापी महामारी लचिलो बन्दै जाने पृष्ठभूमिमा चीनको निर्यात पनि लगाताररूपमा पुनःस्थापना हुँदै जान्छ ।”चीनको आयात–निर्यात राम्रो बन्दै गइरहेको खबर विश्व उद्योग शृङ्खलाको आपूर्तिको स्थिरताको लागि निकै राम्रो खबर भएको उनको ठहर छ ।

चीन विश्वका ६५ वटा मुलुकको पहिलो आयात श्रोत हो र ३३ वटा मुलुकको पहिलो निर्यात गन्तव्य पनि हो । चीनले महामारीको प्रभावकारी नियन्त्रण गर्दै उत्पादन पुनःसञ्चालनमा ल्याउँदा विश्व उद्योग क्षेत्रमा स्थिरताको आशा पलाउन थालेको छ । सिन्ह्वा

वि.सं.२०७७ साउन ३२ आइतवार ०९:२१ मा प्रकाशित

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...