back
CTIZAN AD

भाइरसबाट प्रभावित अर्थतन्त्र उकास्नका लागि १.४६ ट्रिलियन डलर लगानी गरिने: मोदी

वि.सं.२०७७ साउन ३२ आइतवार

630 

shares

३२ साउन, नयाँ दिल्ली । भारतले कोरोनाभाइरस महामारीको नियन्त्रणका लागि आवश्यक सबै उपायलाई अवलम्बन गरिरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बताएका छन् ।

सङ्क्रमणका कारण अन्य विश्व समुदायको जस्तै भारतको पनि अर्थतन्त्रमा प्रभाव परेको भन्दै महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्न सरकारले पूर्वाधार योजनामा १.४६ ट्रिलियन अमेरिकी डलरको घोषणा गरेको उनले बताए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भने, “भारतले महामारीबाट सिकेको मुख्य पाठ भनेको उत्पादन र विकासमा आत्मनिर्भर बन्ने र अन्तर्राष्ट्रिय कम्पनीहरूका लागि प्रमुख आपूर्तिको गन्तव्य बनाउने हो ।”

“कोरोनाभाइरस महामारी एक ठूलो सङ्कट हो, तर यसले भारतको आर्थिक प्रगति रोक्न सक्दैन,” मोदीले बेलायती शासनबाट भारत स्वतन्त्रता पाएको दिन १७ औं शताब्दीको मुगल युगमा निर्माण गरिएको लाल किल्लामा सम्बोधनका क्रममा बताए ।

कोरोना भाइरस नियन्त्रण तथा खोप निर्माणबारे भारतले लिएको अग्रसरताबारे बोल्दै उनले भने, “भारतमा तीन खोपहरू विभिन्न चरणमा परीक्षणको प्रक्रियामा छन् र वैज्ञानिकहरूले ‘ग्रिन सिग्नल’ दिने बित्तिकै विशाल उत्पादन शुरू हुनेछ । खोपको ठूला उत्पादनका लागि विस्तृत योजना बनाइएको बताउँदै यसबाट प्रत्येक भारतीयलाई खाृपको सहज पहुँच गराइनेछ ।”

भारतले २५ लाखभन्दा बढी भाइरसको पुष्टि गरेको छ, अमेरिका र ब्राजिल पछाडि तेस्रो धेरै सङ्क्रमित रहेको भारत मृत्युको सङ्ख्याका आधारमा संसारमा चौथो बढी प्रावित मुलुक हो । भारतमा हालसम्म ४९ हजार सङ्क्रमितको मृत्यु भएको छ ।

एक राष्ट्रिय डिजिटल स्वास्थ्य योजनाको पनि घोषणा गर्दै प्रत्येक भारतीयले स्वास्थ्यसम्बन्धी सबै जानकारीसहित एक परिचयपत्र प्राप्त गर्ने भारतीय प्रधानमन्त्री मोदीले बताए ।

यस वर्षको स्वतन्त्रता दिवसका अवसरमा गरिँदै आएका कार्यक्रमलाई महामारीको कारण व्यापक मात्रामा घटाइएको थियो । उक्त कार्यक्रममा २०,००० पाहुना बोलाइने पूर्वकार्यक्रम तय भएको भएपनि प्रचलन रहेपनि को महामारीका कारणस मात्रै चार हजार पाहुनालाई आमन्त्रित गरिएको सरकारी स्रोतले बताएको छ ।

अन्तरराष्ट्रिय मुद्रा कोषले सन् २०२० मा भारतीय अर्थतन्त्रमा ४.५ प्रतिशतको संकुचन प्रक्षेपण गरेको छ, जुन भारतीय इतिहासमा निकै खराब अवस्था हो । तर प्रधानमन्त्रीले सन् २०२१ मा देशको अर्थतन्त्रमा उछाल आउने अपेक्षा गरिएको बताए ।

महामारीको आर्थिक प्रभावलाई हटाउन सरकारले सात हजार पूर्वाधार परियोजना पहिचान गरेको प्रधानमन्त्री मोदीले बताए ।

“सबै पूर्वाधार समग्र, एकीकृत र एक अर्कासँग जोडिएको हुनुपर्दछ । बहु–आयामिक सम्वद्धता पूर्वाधार अगाडि जाने बाटो हो,” उनले भने “भारतमा गत वर्ष प्रत्यक्ष विदेशी लगानी १८ प्रतिशतले वृद्धि भएको थियो भन्दै मोदीले यसबाट अन्तरराष्ट्रिय कम्पनीले भारतमा लगानी गर्न चाहेको स्पष्ट सङ्केत मिल्छ ।”

भारतले आफ्नो प्रतिद्वन्द्वीको बढ्दो उत्पादन लागत र बिग्रेको संयुक्त राज्य अमेरिका र युरोपेली राष्ट्रसँगको सम्बन्ध र ती मुलुकका बहुराष्ट्रिय कम्पनीको ठाउँमा पूँजीलाई विस्तार गर्ने मोदीले चीनतर्फ सङ्केत गर्दै बताए ।

चीनसँगको सीमा तनावलाई सङ्केत गर्दै उनले भने, “भारतीय सेनाले हिमाली लद्दाख क्षेत्रमा दुई देशका हजारौं सैनिक मेदेखि तनावको अवस्थामा रहेका छन् ।” भारतले आफ्ना २० सैनिक जुन १५ चिनियाँ सेनासँगको लडाइमा मरेको पनि उनले उक्त अवसरमा बताए ।

“आतंकवाद वा अन्य विवादित विषयमा भारतले चुनौतीको साथ साहसपूर्वक सङ्घर्ष गरिरहेको छ,” मोदीले छिमेकी देशसँगको सिमानामा हुने गरेका तनावका सन्दर्भमा भने । एपी

वि.सं.२०७७ साउन ३२ आइतवार ०९:०३ मा प्रकाशित

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...