काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिमण्डल पुनर्गठन र मुख्यमन्त्री हेरफेरबारे छलफल नभएको बताएका छन् । सोमबार सचिवालय बैठकपश्चात सञ्चारकर्मीसँगको कुराकानीमा उनले पार्टीभित्र मन्त्रिमण्डल पुनर्गठन र मुख्यमन्त्री हेरफेरबारे छलफल नभएको बताए ।
सञ्चारकर्मीको प्रश्नमा उनले त्यसबारे छलफल भएको विषय आफुँलाई जानकारी नभएको बताए । पार्टीभित्रको समस्या समाधान मुख्य छलफलको विषय रहेको उनको भनाई छ ।
‘मलाई त थाहा छैन्, कार्यदलको रिपोर्ट आएपछि मात्रै वैचारिक, नीतिगत, विधिगत, प्रक्रियागतलगायत अरु विषयमा एउटा निष्कर्ष निकालेपछि मात्रै त्यसमातहत अरु निष्कर्ष निस्कने हुन्’ श्रेष्ठले अघि भने, ‘त्यसकारणले हाम्रो पार्टीका नेताहरुको बीचमा वा हाम्रो बैठकमा मन्त्रिपरिषद पुर्नगठन वा मुख्यमन्त्री हेरफेरको विषय छलफलमा छैन् ।’
श्रेष्ठका अनुसार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको गठन गरेको कार्यदललाई सचिवालय बैठकले अनुमोदन गर्ने निर्णय गरेको छ । बैठकले पार्टी र सरकारलाई सही ढंगबाट अगाडि बढ्न सुझाव दिएको छ ।
भिडियाेमा श्रेष्ठकाे जवाफ
के भयो नेकपा सचिवालय बैठकमा ? यस्तो छ नेता नारायणकाजी श्रेष्ठको जवाफ
Posted by Sansarnews on Sunday, August 16, 2020
वि.सं.२०७७ भदौ १ सोमवार १२:२७ मा प्रकाशित






























