१ भदौ, काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान()को अध्यक्षमा कृष्ण प्रसाद आचार्य सर्वसम्मत निर्बाचित भएका छन् ।
आईतबार सम्पन्न भएको भेलाले उर्जा क्षेत्रमा लामो समयदेखि कृयाशिल आचार्यलाई अध्यक्षमा निर्बाचित गरेको हो । आचार्य पिपुल्स इनर्जी लिमिटेडका अध्यक्ष हुन् ।
भेलामा बाम र प्रजातान्त्रिक समुहबिच प्यानलै बनाएर निर्बाचनमा जाने तयारी भए पनि आचार्यको नाममा सर्बसम्मती भएको हो । २०६३ सालको अन्तरिम संसदमा उद्योगिहरुको तर्फबाट सदस्य रहेका आचार्य तत्कालिन उद्योग ब्यापार संघका अध्यक्ष समेत हुन ।
भेलाले ९ सदस्यीय कार्य समिति रहने बिधानलाई संसोधन गरि १६ सदस्यीय बनाएको छ ।
त्यसैगरि नवनिर्बाचित समितिका उपाध्यक्षमा क्रमशः आशिष गर्ग, गणेश कार्की र मोहन डाँगी निर्बाचित भएका छन् भने महासचिवमा गोरे शेर्पा तथा सचिवमा भरत खत्री, बलराम खतिवडा र राम आचार्य एवं कोषाध्यक्षमा आनन्द चौधरी निर्बाचित भएका छन् ।
सदस्यहरुमा प्रकाश दुलाल, भरत खड्का, भरत लामिछाने र उत्तम ब्लोन निर्बाचित भएका छन भने महिला सदस्यमा अविज्ञा मल्ल र कविता कँडेल सर्वसम्मत चयन भएका छन । १६ मध्ये बाँकी दुई सदस्य कार्यसमिति बैठकले पछि मनोनित गर्नेछ ।
संघीय संरचनाअनुसार सांगठनिक पुनर्संरचना गर्ने इपानले जनाएको छ । प्रत्येक प्रदेशमा अब इपानको प्रदेश कमिटी हुने पनि ईपानले जनाएको छ ।
वि.सं.२०७७ भदौ १ सोमवार १२:४१ मा प्रकाशित






























