back
CTIZAN AD

खुल्यो पुनर्कर्जाको आवेदन, क–कसले दिन पाउँछन् आवेदन ? हेर्नुहोस् सूची

वि.सं.२०७७ भदौ १ सोमवार

699 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाका लागि आवेदन खुल्ला गरेको छ । सोमबार एक सूचना सार्वजनिक गर्दै राष्ट्र बैंकले पुनरकर्जाका लागि आवेदन दिन बैंक तथा वित्तीय संस्थाहरुलाई भनेको हो ।

पुनरकर्जाका लागि ग्राहक ऋणिले भने जुन बैंकबाट ऋण लिएको हो सोहि बैंकको सोहि शाखामा निवेदन दिनु सूचनामा उल्लेख छ । प्राप्त निवेदनहरु संलग्न राखी बैंकहरले पुनरकर्जाका लागि पेश गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

सोमबारदेखि लागु हुने गरि राष्ट्रबैंकले आगामी असोज १४ गतेसम्मका लागि आवेदन खुल्ला गरेको हो । कोरोना महामारीबाट प्रभावित उद्यमीहरुले पुर्नकर्जामा आवेदन दिन पाउनेछ ।

पुनरकर्जा राष्ट्र बैंकले ३ प्रतिशत ब्याजदरमा बैंकहरुलाई उपलब्ध गराउछ भने ऋणिले ५ प्रतिशतमात्रै ब्याज तिर्नु पर्नेछ । ऋणीले आवेदन दर्ता गर्नका लागि नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि, २०७७ अनुसूची १ बमोजिमको ढाँचा अनुसार आवेदन दिनु पर्छ। इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक समितिको निर्णय आवश्यक पर्छ। त्यस्तै शाखा कार्यालयहरुको ठेगाना तथा संचालन भएको मितिसहितको सूची हुनु पर्छ।

संस्थाले माग गर्ने कूल पुनर्कर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्छ। आवेदनका लागि छनौट गरिएका कर्जाको भुक्तानी अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्नेछ।

राष्ट्र बैकले अति प्रभावित क्षेत्रको रुपमा पर्यटन, हवाइ, अस्पताललगायतलाई सूचीकृत गरेको छ। ट्रेकिङ्ग, ट्राभल एजेन्सी, पर्वतारोहण, र्याफ्टिङ्ग, क्याम्पिङ्ग, टुर अपरेटर, हिलिङ्ग सेन्टर, क्यासिनो, मसाज स्पा आदिले अतिप्रभावितको रुपमा आवदेन दिन सक्ने छन्।

होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष, साहसिक पर्यटन, स्किइङ्ग, ग्लाइडिङ्ग, वाटर र्‍याफ्टिङ्ग, हट एयर व्यालुनिङ्ग, क्यानोइङ, प्यारासेलिङ्ग, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ्ग, हिमाल आरोहरण र अवलोकन लगायतका छन्।

वि.सं.२०७७ भदौ १ सोमवार १४:४४ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...