पोहेरको तीज राम्रै भाथ्यो, दिदीबैनी जमेर
यसपाली खल्लो भयो, भाइरस बढेर
कसरी आउ माइत आमा, अहिले आशै नगर्नु
बाबासँगै बस्नु अहिले, कतै नजानु
दिदी भेना बिरामी छन्, उनलाई उतै धौ धौ छ
जापानमा माइला भाइको, तलब घटेछ
साइलो भाइ कतारमा, ज्यान बचाछु भन्दैछ
भदाभदै पाल्न धौ भो, बुहारी कन्दैछ ।
दाइभाउजुको कचकच, भदैनीले सुनाउँछिन
तिम्रा दाइको यस्तोउस्तो भाउजु कराउछिन
कुबेतमा माइली बैनी, फोन उठाउनै डराइन्
कान्छि बैनी लेबनानमा, झण्डै मारीइन्
उद्योगधन्दा कलकारखाना, सारा बन्द जस्तै छन्
मानिसहरु पेटपाल्न, काम खोज्दैछन्
घरमा चामल दालतेल, नुनबेसार सकिदै
यस्तोबेला तीजको खुशि, छैन बरीलै
मलेशियाको रगतपसिना, युरोपको कपडा
बनारसी साडि माग्दा, हुन्छ झगडा
हाम्ले आफुलाइ बुझेनौ की, सुन्दर देश देखेनौ
होश बल्ल आउँदैछ, माटो चिनेनौ
सबैलाई पुकारा छ, हात जोडि करबिन्ती
चर्न गाका सबै अब, आउ घरफिर्ति
दूध दहि तरकारी, माछामासु फलफूल
खरबौको ब्यापार घाटा, हुन्छ असुल
नेपाल यो मलिलो छ, जे रोप्यो त्यहि उम्रन्छ
बिदेशिलाई काम दिन, हाम्ले सकिन्छ
जसरी नि सहनु छ, कोरोनाको कमाल
यो गीतले बिदा माग्छ, जयनेपाल ।
वि.सं.२०७७ भदौ १ सोमवार १४:४६ मा प्रकाशित






























