back
CTIZAN AD

गगन थापाद्वारा प्रधानमन्त्रीलाई खुल्ला पत्र, तपाईको हेपाह प्रवृत्ति र मपाईपनका कारण कोरोना संक्रमण नियन्त्रण बाहिर गयो

वि.सं.२०७७ भदौ २ मंगलवार

1.4K 

shares

२ भाद्र, काठमाडौँ । पूर्वमन्त्री तथा नेपाली काँग्रृसका युवा नेता गगन थापाले प्रधानमन्त्रीलाई खुल्ला पत्र लेखेका छन् । उनले प्रधानमन्त्रीको हेपाह प्रवृत्ति र मपाईपनका कारण कोरोना संक्रमण नियन्त्रण बाहिर गएको भन्दै पत्रमार्फत कोभिड नियन्त्रणका सन्दर्भमा संवेदनशिल बन्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

कोभिड नियन्त्रणका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सँधै साथमा उभिँदा उभिँदै पनि सरकारको असंवेदनशिलता, अहंकार र अकर्मण्यताका कारण अवस्था भ्यानक अवस्थामा आएको उनले उल्लेख गरेका छन् ।

उनले भनेका छन् ‘संसदको साथ, सरकारसँग स्रोत, तपाईसँग शक्ति, सबै तहको सरकार र निकायको समन्वय, नागरिकको पूण सहयोग अनि पूर्व तयारी गर्न समय हूँदा हुँदै पनि तपाईंको अहंकार, गैरजिम्मेवारीपन, अर्कमन्यता, हेपाह प्रवृत्ति र म बाहके कोही जान्ने सुन्ने छैन भन्ने मपाईपनाको कारण कोरोना संक्रमण नियन्त्रणा बाहिर गयो ।’

संसदको अन्त्य गरिएका कारण संवाद गर्ने यो खुल्लापत्र बाहेक अर्को विकल्प नरहेको भन्दै उनले कोरोना रोकथाम तथा नियन्त्रणका सन्दर्भमा आफ्नो तर्फबाट सल्लाह सुझाव दिएका छन् ।

कारोना महामारीले स्वास्थ्य बाहेक शिक्षा, कृषि, यातायात, पर्यटन, रोजगारी, पेशा व्यवसाय लगायत सबै क्षेत्र अस्त व्यस्त भएको र नागरिकको दैनिक जीवन खल्बलिएको बेला सरकारले नागरिकलाई ‘घर बस सुरक्षित’ भनेर मात्र नहुने भन्दै जनताका समस्यामा सरकार कहाँ छ ? उनले प्रश्न गरेका छन् ।

यसअघि पनि आफूले यस्तै पत्र पठाएको स्मरण गराउँदै उनले भनेका छन् ‘सबैको साथ, पूर्व तयारी गर्ने समय, स्रोत साधन हुँदाहुँदै पनानि तपाईँको अहंकार,अकर्मण्यता र गैरजिम्मेवारीपनका कारण कोभिड नियन्त्रण बाहिर जान थाल्यो। अब त तपाईंमा केही संवेदनशीलता पलाउँछ की भन्ने आशाका साथ पूनः यो पत्र मार्फत ध्यानाकर्षण गराएको छु।’

यस्तो छ प्रधानमन्त्रीलाई उनले लेखेको खुल्ला पत्र :

वि.सं.२०७७ भदौ २ मंगलवार १४:३८ मा प्रकाशित

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

१.पृष्ठभूमि आधुनिक सामाजिक विज्ञानले देखाउँछ कि मानिसको आचरण, धर्मीय दृष्टिकोण...

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

नेपालीहरूको एउटा अनौठो स्वभाव छ। कसैले राम्रो काम गर्न खोज्यो...

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मान भनेको व्यक्तिको आफ्नै मूल्य वा व्यक्तिगत मूल्यको व्यक्तिपरक मूल्याङ्कन...

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा...

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...