back
CTIZAN AD

खुल्यो रिलायन्सको आईपिओ

वि.सं.२०७७ भदौ ४ बिहीवार

678 

shares

४ भाद्र, काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ६३ करोडको आईपीओ आजबाट खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६३ करोड रुपैयाँबराबरको ६३ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

त्यसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि तथा यस्तै अर्काे ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरी कम्पनीले बाँकी रहेको ५६ लाख ७० हजार कित्तामा सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

सर्वसाधारणले आईपीओमा आज अर्थात् भाद्र ४ गते देखि भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् उक्त समयमा पर्याप्त आवेदन नपरे ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले कुल चुक्ता पुँजीको ३० प्रतिशत आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयको साथै मेरो सेयर सफ्टवेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हाल एक अर्ब ४७ करोड चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ निष्कासनपछि चुक्ता पुँजी दुई अर्ब १० करोड पुग्नेछ ।

वि.सं.२०७७ भदौ ४ बिहीवार ०९:४४ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...