४ भदौँ, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या दिनप्रतिदिन वृद्धि हुदैँ गईरहेको छ । बुधबार भारतमा ६९ हजार १ सय ९६ कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ९ सय ८० जनाको मृत्यु भएको छ ।
यससँगै भारतमा भारतमा कोरोना संक्रमितको संख्या २८ लाख ३५ हजार ८ सय २२ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ हजार ९ सय ९४ रहेको छ ।
विश्वभरमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या २ करोड २५ लाख ७९ हजार ९५ पुगेको छ भने संक्रमणबाट ७ लाख ९१ हजार २ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ भदौ ४ बिहीवार ०९:४६ मा प्रकाशित





























