तिमीलाई नराम्रो कामको टिका टिप्पणी आलोचना गर्न पूर्ण अधिकार छ । गद्दार भ्रष्टाचारी, बलत्कारी, हत्यारालाई पूर्ण रुपमा गाली गर्न अधिकार छ तर नेपालीहरुलाई कुकुर भनेर गाली गर्न कुनै अधिकार छैन ।
भाई तिमी बुद्धीमानी छौ भन्ने सुनेको थिए तर तिम्रो बुद्धी यूरोप गएर भ्रस्त भएछ । तिमिले दिन खोजेको उपदेश र आइडिया देशको लागि राम्रो थियो तर तिमीले भनेको शब्द ” ए नेपाली कुकुरहरु हो “जस्ले सम्पूर्ण नेपाली समाजलाई निम्त्याउन्छ र सम्पूर्ण नेपालीलाई गाली गरेछौ।
तिमीले दिएको गाली ‘ए नेपाली कुकुरहरु हो “ शब्दले तिमीलाई जन्म दिने तिम्रो बुवा आमा र तिमीले तिम्रो पूस्तालाई समेट गाली गरेछौ । सोचत त्यो गालीले तिम्रै आफ्नो पुस्तालाई छोयो कि छोएन । के तिम्रो आमा बाबुले तिमीलाई यही भन्न सिकाएका हुन् ? तिमी जन्मेको देश तिमीले तिम्रो पहिचान बोकेर हिंडेको देशको जनतालाई यसरी गाली गर्नु हुन्छ होला तिम्रो आत्मालाई सोध। यो शब्द हेरेर तिम्रो आमा बुवाले नि आसुँ झारी राखेको छ होला ।
नेपाल र “नेपाली” एक महान शब्द हो भाई । तिम्रो मनसाय राम्रो थियो होला । देशको स्थिति हेरेर तिमीले गाई पालनको उपदेश सम्पूर्ण नेपालीलाई दिन खोजेको होला तर सम्पूर्ण नेपालीहरुलाई कुकुर भन्न मिल्दैन । राम्ररी सोच के तिमी अब नेपाली कुकुर भन्ने देशमा फर्कन सक्छौ रु फर्केउ भने पनि कसरी मुख देखाएर हिड्छौँ ।

कुनै जमानामा धर्मेन्द्रको एउटा हिन्दी फिल्ममा एउटा डायलग थियो । नेपाली कुत्ता । त्यो डायलगले धर्मेद्रको फिल्म बन्द भो । धर्मेन्द्रले धेरै माफि माग्नु परेको थियो तर पनि कयौँ बर्ष धर्मेन्द्रको सिनेमा नेपालमा बन्दभो । हेक्का रहोस् भाई ।
तिमीलाई नराम्रो कामको टिका टिप्पणी आलोचना गर्न पूर्ण अधिकार छ । गद्दार भ्रष्टाचारी, बलत्कारी, हत्यारालाई पूर्ण रुपमा गाली गर्न अधिकार छ तर नेपालीहरुलाई कुकुर भनेर गाली गर्न कुनै अधिकार छैन ।
नेपालीहरु धेरै विद्धान ,सर्बश्रेष्ठ खेलादी सर्वश्रेष्ठ कलाकार र देशको लागि ज्यान दिने दानबिर र सहिदहरु पनी छन । तिमी जस्तो दुई चार पैसा कमाउदैमा ” नेपाली कुकुर ” भन्दै हिंड्ने गधाहरु छैन । तिम्रो र मेरो व्यक्तिगत रिसइबी केही छैन तर सम्पूर्ण नेपालीलाई नेपाली कुकुर भन्दा हेरेर बस्ने छोरो म होइन । तिमीले गल्ती गरेउ कि गरेनौ आफ्नै अन्तर आत्मालाई सोध र सम्पूर्ण नेपाली सामु माफि माग । नत्र नेपाली जनताहरुले तिम्रा प्रत्येक कुरा र आदर्शलाई कुकुरलाई झै लात हन्ने छ । यस्तो नहोस् धर्मेन्द्र झै तिमी बन्चित हुने दिन नआओस । सरकार जस्को होस् मुद्धा के भने सम्पूर्ण नेपालीलाई कुकुर भन्दा सरकारलाई जिताएर पठाउने तिम्रो राष्ट्रपिता र तिम्रा संरक्षकहरुलाई नि कुकुर बनाएछौ । हुन त नेताले जे सिकाए कार्यकर्ताले तेही सिक्ने हो । दुई चार पैसा कमाएर धेरै नऊफ्र भाई । देश र जनताहरुलाई गाली गर्नु राम्रो हैन ।
वि.सं.२०७७ भदौ ४ बिहीवार १०:१३ मा प्रकाशित






























