back
CTIZAN AD

नगरपालिकाले दिने भयो होम आइसोलेशनमा बस्ने संक्रमितलाई दैनिक ३५० रुपैयाँ

वि.सं.२०७७ भदौ ४ बिहीवार

822 

shares

४ भदौ, काठमाडौं । टोखा नगरपालिकाले कोरोना पोजेटिभ भइ होम आइसोलेशनमा बस्न चाहने सङ्क्रमितलाई सन्तुलित भोजनका लागि प्रतिव्यक्ति प्रतिदिन रु ३५० उपलब्ध गराउने भएको छ ।

नगरपालिकाको बुधबार बसेको ६० औँ नगर कार्यपालिकाको बैठकले कोरोना सङ्क्रमित भइ होम आइसोलेशनमा बस्न चाहने व्यक्तिलाई स्वास्थ्य शाखाको सिफारिसको आधारमा उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

टोखाले कोभिड-१९ सँग सम्बन्धित कार्यमा खटिने स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता उपलब्ध गराउने बारेमा समेत छलफल चलाएको छ ।

धापासी स्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्य स्वयम् सेविका मन केसीलाई उपचार खर्चवापत रु ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ ।

कोरोना नियन्त्रण तथा रोकथाममा प्रत्येक वडाबाट खटिएका बढीमा १५ जना स्वयम् सेवकलाई सम्बन्धित वडा कार्यलयको सिफारिसको आधारमा राष्ट्रिय बीमा कम्पनीमार्फत कोरोना बीमा प्रक्रिया अगाडि बढाउने निर्णय भएको नगरप्रमुख प्रकाश अधिकारीले राससलाई जानकारी दिए ।

टोखाले विष्णुमति करिडोर निर्माणको सम्बन्धमा सरोकारवालासँग आवश्यक छलफल गरी प्रक्रिया अगाडि बढाउने भएको छ । बैठकले आजदेखि जिल्ला प्रशासन कार्यालयले लगाएको निशेषाज्ञालाई कडाइका साथ लागू गर्ने निर्णयसमेत गरेको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको भन्दै टोखाले वडा नं १ को सामुदायिक भवन, वडा नं ६ को सामुदायिक अध्ययन केन्द्र, वडा नं ९ को पिस बैङ्केट, वडा नं ११ को सामुदायिक भवन, वडा नं ९ को नेवाः पुछः सामुदायिक भवन, वडा नं ७ को राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको भवनलाई अध्ययन गरी कोरोना सङ्क्रमित राख्ने व्यवस्था मिलाउन अध्ययन गर्ने बताएको छ ।

यस्तै, टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यकताअनुसार भेन्टिलेटर व्यवस्था गर्न अध्ययन गरी कार्यान्वयनका लागि नगरपालिकाका उपप्रमुख ज्ञानमायाँ डङ्गोलको संयोजकत्वमा ९ सदस्यीय समितिसमेत गठन गरेको छ ।

वि.सं.२०७७ भदौ ४ बिहीवार १३:२० मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...