back
CTIZAN AD

 रक्षामन्त्रीले नै क्षतिपूर्ति तिर्नुपर्ने पूर्वसचिवको जिकीर

वि.सं.२०७७ भदौ ४ बिहीवार

1.2K 

shares

नेपाल वायुसेवाको जहाज रित्तै फर्काएर करोडौँ नोक्सान पारिएको छ। उता २६० जना नेपालीलाई एयरपोर्टमै अलपत्र पारेर बॉच्नु न मर्नु पारिएको छ। तिनका नेपालस्थित परिवार मानसिक पिडाले रोईरहेका छन्। यी सबैको क्षतिपूर्ति उपप्रम ईश्वर पोखरेलबाट ब्यक्तिगत भराईनुपर्छ।

पूर्व सचिव भिमप्रसाद उपाध्यायले नेपाल बायुसेवा निगमको जहाज दुबई पुगेर रित्तै फिर्किएकोमा रक्षामन्त्री ईश्वर पोखरेल जिम्मेवार भएको भन्दै उनले नै क्षतिपूर्ति तिर्नुपर्ने बताएका छन् ।

उनले नेपाली श्रमिक लिन दुबई गएको नेपाल एयरलाइन्सको विमान सरकारले सोमबार साझ अकस्मात उद्दार उडान नगर्ने निर्णय गर्दा रित्तै फर्किएको छ । एयरपोर्टमा आइसकेर नेपाल फर्किन नपाउँदा त्यहाँ नेपालीहरुले पाएको पीडा, यहाँ उनीहरुको परिवारले पाएको दुःख र नेपाल वायुसेवा निगमले भोग्नु परेको करोडौँको नोक्सानी उपप्रधानमन्त्री पोखरेलबाट व्यक्तिगत भराइनु पर्ने बताएका छन् ।

उनी भन्छन्  :
स्वदेश फर्कन लागेका बिदेशमा मजदूरी गर्ने नेपालीहरूको युएईको एयरपोर्ट पुगेर प्लेनमा बोर्डिङ गर्ने बेलामा नचढाई नेपालबाट आएको नेपाल वायुसेवाको जहाज रित्तो फर्कदा तिनले भोग्नुपरेको असैह्य दर्दनाक पिडाको अवस्था सम्झेर स्वदेशमा यहॉ नेपालीहरू पनि दुखित छन्।
जागिर छाडेर स्वेदश आउनका लागि बिदावारी भई फर्कने बेलाको उनीहरूको परिदृश्य यस्तो रहेको छ।

ओढ्ने ओछ्याउने सबै मिल्क्याएर कोठा ख़ाली गरेर हिंडेको हुन्छ । कोठाको चाबी र अन्य आवश्यक कुराहरु: पकाउने भाँडा बर्तन सबै छोडेर, फ्याँकेर हिँडेको हुन्छ ।  गोजीमा भएको सबै पैसा नेपाल पठाएर २०-५० दिर्हाम बढीमा गोजीमा हुन्छ, त्यो पनि धेरैको त हुदैन। रोजगार कम्पनीले नदिएको अवस्था पनि छ कतिपयको ।  २००/३०० किमी यात्रा गरेर एयरपोर्ट पुगेका हुन्छन् । अबुधावी सहरमा अझै पनि प्रवेश बहिर्गमन ९क्ष्लरइगत० प्रतिबन्धित छ ।

(कोभिड-१९ ) टेष्टको रिपोर्ट चाहिन्छ । कम्पनीले नै छोडेर गएको हुन्छ, त्यहॉ फर्कन सकिन्न ।  कम्पनीले भाडामा लिएको कोठाको चाबी रियल स्टेटलाई बुझाई सकेको हुन्छ । फर्केर जाने बस्ने ठाउँ हुन्न । यात्रुहरुको बास सडकमा हुन्छ । खाने पैसा हुँदैन र छैन । एयरलाईन्सले उडाउन नसकेकोमा सरकारलाई दोष दिदै जिम्मा लिँदैन ।

कोरोना र लकडाउनले गर्दा त्यसै त नेपालीहरू परदेशमा अलपत्र नै भइसेकेका थिए, अहिले एयरपोर्टमा झन अलपत्र पारिएका ती नेपालीले के गर्ने ? के सेरियर मर्ने ?  यतिसम्म निर्दयी, अमानवीय असंवेदनशील निर्लज्ज गैरजिम्मेवार हुन कसरी सकेको होला आफ्नै सरकाररु यस्तो पनि कहीँ कुनै कसैको सरकार हुन्छ ?

हो, यस्तै सरकारी हर्कतले नै पूरानो नेपाली ध्वजाबाहक वायसेवा डुब्ने अवस्था आएको हो। यसले २६० जना नेपाली श्रमिक लिन दुबई गएको नेपाल एयरलाइन्स सरकारले सोमबार साझ अकस्मात उद्दार उडान नगर्ने निर्णय सोमबार गर्नाले मंगलबार रित्तै फर्कियो । तर, मंगलबार नै सरकारले विदेशी कम्पनी टर्किस एयरलाइन्सलाई भने २०१ यात्रु ल्याउन अनुमति भने दियो । सरकारकै नेपाल वायुसेवा हिस्स तर विदेशी वायुसेवा दंग ! यस्तो गंभीर काममा सरकारका विभागीय मन्त्री बेखबर हुनु चरम असमन्वयात्मक, अब्यवस्थित र अमानवीय कार्यशैलीको लक्षण हो ।

महिनौँदेखि बेरोजगार बिरामी र तनावमा रहदै पर्खेर ३ गुणा बढी भाडा तिरेर घर आउन भनी टिकट काटेर एयरपोर्ट पुगेका ती नेपाली  र नेपालमा तिनका प्रियजन परिवार अन्तिम घडीमा यस्तो अकल्पनीय बज्रपात सहनुपर्दा रूवाबासी छ। टुहुरो अनुभूति गरेका छन्।

अहिले हवाई जहाज रित्तो फर्काएर एयरपोर्टमा पुगी जहाज चढ्न ठिक्क परेर पर्खिरहेका त्यहॉ महिनौँदेखि मानसिक र भौतिक पिडाले तड्पिरहेका छन्। परदेशमा घोटिएर नेपालको अर्थतन्त्र धानिरहेका नेपालीमाथि अमानवीय, लज्जाजनक, अत्याचार गरेर मरेतुल्य विचल्ली पार्दै निर्णय गर्ने गैरजिम्मेवार पदाधिकारीहरूलाई तुरून्त बर्खास्त गरियोस्। पापीहरूलाई जनताले श्राप दिइरहेका छन्, त्यो श्राप अवश्य लाग्नेछ। सरकार नेपाली मनको हैन, क्रुर उपनिवेषक बनिसकेको प्रतीत हुन्छ।

युएईका एयरपोर्टमा नेपाल सरकारको मूर्ख्याईले अलपत्र पारिएका नेपालीलाई लिन तत्काल पुनः जहाज पठाईयोस्। नेपालमा क्वारेन्टिकको जिम्मा सरकारले गर्न नसके जनताले जिम्मा लिन तयार छन्। तिनलाई नेपाल नफर्काउदासम्म त्यहॉ नेपालको राजदूताबासले पालोस्।

नेपाल वायुसेवाको जहाज रित्तै फर्काएर करोडौँ नोक्सान पारिएको छ। उता २६० जना नेपालीलाई एयरपोर्टमै अलपत्र पारेर बॉच्नु न मर्नु पारिएको छ। तिनका नेपालस्थित परिवार मानसिक पिडाले रोईरहेका छन्। यी सबैको क्षतिपूर्ति उपप्रम ईश्वर पोखरेलबाट ब्यक्तिगत भराईनुपर्छ।

वि.सं.२०७७ भदौ ४ बिहीवार १३:०६ मा प्रकाशित

कन्सल्टेन्सी सञ्चालन गर्न २५ लाख अनिवार्य धरौटी : सही कि गलत ?

कन्सल्टेन्सी सञ्चालन गर्न २५ लाख अनिवार्य धरौटी : सही कि गलत ?

हाल सरकारले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन...

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

१.पृष्ठभूमि आधुनिक सामाजिक विज्ञानले देखाउँछ कि मानिसको आचरण, धर्मीय दृष्टिकोण...

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

नेपालीहरूको एउटा अनौठो स्वभाव छ। कसैले राम्रो काम गर्न खोज्यो...

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मान भनेको व्यक्तिको आफ्नै मूल्य वा व्यक्तिगत मूल्यको व्यक्तिपरक मूल्याङ्कन...

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा...

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...