back
CTIZAN AD

मुगुमा पीसीआर मसिन खरिद अन्योल

वि.सं.२०७७ भदौ ४ बिहीवार

828 

shares

४ भदौ, मुगु । जिल्लामा पीसीआर मेसिन खरिद प्रकृया डेढ महिना देखि अन्योलमा परेको छ ।

गत चालु आर्थिक बर्षको संघीय सांसद स्थानीय पूर्बाधार साझेदारी कार्यक्रम अन्र्तगत खर्च हुन नसकेको रकमबाट जिल्लामा एउटा पिसीआर मसिन खरिद गर्ने भन्ने सर्बदलीय बैठकको निर्णय नै अन्योलमा परेको छ ।

सोरु खत्याड मुगुम कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकाले खर्च हुन नसकेको पूर्बाधार साझेदारी कार्यक्रमको रकम संकलन गरेर जिल्ला प्रकोप ब्यवस्थापन कोषमा जम्मा गरी तत्काल पीसीआर मेसिन किन्न गरिएको निर्णय ओझेलमा परेको छ । पीसीआर मसिन खरिद गर्ने भन्ने निर्णय अन्योलमा परेको जिल्ला स्वास्थ्य सेवा प्रमुख डाक्टर निर्मल नगरकोटीले बताए । मुगुमा पीसीआर मसिन नहुँदा स्वाब संकलन गरेर परिक्षणको लागि जुम्ला कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पु¥याउनु पर्ने त्यहाँ पनि लाइनमा बस्नु पर्ने उनको भनाई छ ।

जिल्लाको चारवटै स्थानीयतहबाट संकलन गरिएको १ हजार ७ सय ४३ जनाको स्वाब संकलन गरि पीसीआर परिक्षणको निम्ति जुम्ला पठाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ

जिल्लामा एउटा पीसीआर मेसिन भई दिए स्वाव परिक्षणमा सहज हुने नगरकोटीको भनाई छ ।

संघीय सासंद स्थानीय पूर्बाधार साझेदारी कार्यक्रम बचेको रकम कोभिड–१९ रोकथाम, नियन्त्रण, निदान तथा उपचार खर्च गर्नु भन्ने गत असार ३ गतेको मन्त्रीपरिषदबाट कार्यबिधि संशोधन भई जिल्लास्तरमा पत्रचार गरि सकेको थियो ।

मनपरि ढंगले राहत बितरण तथा स्वास्थ्य सम्बन्धी समाग्री खरिद गर्न पछि नपर्ने यहाँका चारवटा स्थानीयतह कोरोना महामारी रोकथाम तथा नियन्त्रणको अति आवस्यक पीसीआर मेसिन खरिद गर्न बचेको रकम दिन कन्जुस्याई गरेको स्थानीयको आरोप छ ।

कोषमा केही स्थानीयतहले रकम जम्मा नगर्दा पीसीआर मेसिन खरिद हुन नसकेको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाको भनाई छ ।

हवाई जहाजबाट तराई भर्न र पनि अनिवार्य पीसीआर रिर्पोट चाहिने भएकोले कर्मचारी स्थानीयलाई सास्ती भएको भएको छ । मुगु अस्पतालमा गई स्वाँब दिने र जुम्लाबाट रिर्र्पाेट आउन समय कुरेर बस्नु पर्ने अबस्था छ ।

वि.सं.२०७७ भदौ ४ बिहीवार १३:०१ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...