back
CTIZAN AD

जमैका तलैवाज ७ विकेटले पराजित, सन्दिपले दोस्रो खेलमा पनि लिए १ विकेट

वि.सं.२०७७ भदौ ५ शुक्रवार

756 

shares

५ भदौँ, काठमाडौ । सन्दिप लामिछाने आवद्ध टिम जमैका तलैवाज आफ्नो क्यारेबियन प्रिमियर लिग (सिपिएल) को दोस्रो खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको जमैकाले २० ओभरमा ८ विकेट गुमाउदैँ १३५ रन मात्र बनाउन सक्यो । जमैकाका लागि ग्लेन फिलिप्सले सर्वाधक ५८ रन बनाएका थिए । ट्रिनबागो नाइट राइडर्सका लागि अलि खानले सर्वाधिक २ विकेट हात पारे ।

जमैकाले दिएको १३६ रनको लक्ष्य ट्रिनबागो नाइट राइडर्सले १८.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । ट्रिनबागो नाइट राइडर्सका लागि सुनिल नारायणले सर्वाधिक ५३ रन बनाएका थिए । जमैकाका लागि बलिङ्गमा सन्दिप, मुजिब र एडवाडले १-१ विकेट लिन सफल भए ।

टिम पराजित भएता दोस्रो खेलमा पनि सन्दिपको प्रदशर्न भने राम्रो रहेको थियो । उनले ३८ बल खेल्दैँ ५३ रन बनाएका सुनिल नारायणको विकेट निकालेका थिए । सन्दिपले आफ्नो ४ ओभरमा ३० रन दिदैँ १ विकेट निकाल्न सफल भएका थिए । उनको बलिङ्गको चौथो ओभरमा कार्लोस ब्राथवटले क्याच पनि छुटाएका थिए ।

त्यसैगरी हिजो बेलुका भएको खेलमा सेन्ट लुसिया जुउक्सलें बार्बडोस ट्राईडेन्सलाई ७ विकेटले पराजित गरेको छ ।

वि.सं.२०७७ भदौ ५ शुक्रवार ०७:३२ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...