back
CTIZAN AD

कोरोना कहरबीचको फरक तीज

वि.सं.२०७७ भदौ ५ शुक्रवार

771 

shares

आज जसरी महिला हिंसा, बलात्कार, हत्या, दुब्र्यबहार र अपमानको पीडाबाट महिलाहरु आक्रान्त छन् त्यसले महिलाहरुलाई अझ बढी सचेत, संगठित र संघर्षशील बन्न पर्ने र सही दिशामा अग्रसर भएर लड्नुपर्ने आवश्यकता बोध गराउँदछ र गराइरहेको छ । यस दिशामा गम्भीरतापूर्वक परिवर्तनकामी शक्तिहरुले र खासगरी महिला दिदी बहिनीहरुले सोच्नु र एकताबद्ध भएर अघि बढ्नु अत्यन्तै जरुरी छ । नत्र महिला मुक्ति प्रगतिको कुरा एउटा सामान्य गफगाफको कुरा र अन्ध मान्यताको अनुगामी भएर जाने कुरामै सीमित भएर रहने निश्चित छ ।

यस बर्षका प्रायः सबै चाड पर्बहरु कोरोना कहरले आक्रान्त छन् । त्यसमाथि पहाडतिर पहिरो र तराईतिर बाढीको प्रकोपले पनि चाड पर्वलाई उमंग र हर्षको बिषय रहन दिएको छैन् ! यस हिसाबले हामीले रुञ्चे हाँसो हासेरै यो पर्वलाई गुजार्ने स्थिति छ भनेमा केही फरक पर्दैन । पाँच बर्ष अघि मात्र बिनाशकारी भूकम्पले थिलो थिलो पारेको हाम्रो देशले तंग्रिन नसकिरहेको बेला यसलाई फेरि विश्वव्यापी कोरोना महामारी र बाढी पहिरोले मरणासन्न र थिलोथिलो पारिरहेको छ । अनि राजनीतिक जसरी संग्लो र पारदर्शी होला, सुशासन आउला भनेर सोचिएको थियो । तर त्यो पनि एउटा मिथ्या प्रपञ्च मात्रै रहेछ भन्ने देखिएको छ । यो जालझेलको परिधिभन्दा माथि राजनीति उठ्न सकेन । जनतालाई भय, भ्रममा राखेर भ्रष्टाचारको भरमा राजनीति चलाउने असभ्य अभ्यासलाई नै लोकतन्त्रको नाम दिएर कुर्सीको खेल र चलखेल गर्ने र त्यसलाई लोकतन्त्रको अनुपम उपहार मान्ने एकथरी सानो चल्ताफिर्ता अभिजात बर्ग र तिनका आसेपासेहरुको कुरा बेग्लै हो ।

निश्चय पनि मानिस सामाजिक र साँस्कृतिक प्राणी भएकाले यसका अनेक सामाजिक र साँस्कृतिक आयामहरु छन् र हुन्छन् । पूजा–आजा, सँस्कार–साँस्कृति, धर्म–कर्म खाशखाश अर्थ–सामाजिक संरचना र आधारकै उपज र प्रतिबिम्ब हुन् तिनले त्यही अर्थसामाजिक आधारको पक्ष पोषण पनि गर्ने गर्दछन् । यो बिश्वभरीको र हाम्रो देशको पनि इतिहासको बिकास क्रममो उपज हो । त्यसलाई सत्तामा बस्न सफल भएको बर्गले स्थिति अुनसार लौकिक अलौकिक जे जस्तो बनाउँदा फाइदा हुन्छ, फाइदा लिन सक्ने अनुमान गर्दछ त्यसै अनुसारको ब्याख्या गर्ने गरिएको पनि छ । हामी चाड पर्वका मूल्य मान्यता, बिचार र तिनमा गरिने मानिसका ब्यवहारलाई हेरेर ती चाड पर्वहरु कुन चरणमा कसरी बिकसित भए र अहिलेसम्म चल्दै आए भन्ने कुराको खोज अनुसन्धान गर्न सक्तछौ र सही निष्कर्शमा पुग्न सक्तछौं । वास्तवमा चाड पर्वहरुले कुन परम्परालाई कायम राख्न र अघि बढाउन खोजेका छन्, खोजेका हुन्छन् तिनको अध्ययनबाट थाहाँ लाग्दछ । तिनमा केवल खान–पान, राम–रमित र रमाइलो पक्ष मात्र हुँदैन अनेक किसिमका उपासना र पूजा र त्यसमा सहभागी हुने मानिसहरुको खाश किसिमको भूमिकाको अपेक्षा पनि ती चाड पर्वमा रहेका हुन्छन् । त्यसका अतिरिक्त चाड पर्वहरुको आर्थिक गतिबिधिहरु – किनमेल, ब्यापार निर्धारण गर्ने ठूलो भूमिका पनि रहेको हुन्छ । किनभने त्याहाँ खाने लाउने, यात्रा गर्ने, खाश सरसामान खरिद बिक्री गर्ने गतिबिधिहरु सामेल हुन्छन् । फलत ब्यापार र ब्यापारका बस्तुहरुको कुरा पनि खाश खाश चाडपर्बमा खाशखाश किसिमको हुन्छ नै । यसरी हेर्ने हो भने आमरुपमा खाने लाउने कुराले नै चाड पर्वहरुको प्रकृति के कस्तो हो भनेर सर्ब साधारणले छुट््याउन सक्दछन् र उनीहरुको मूल सरोकार पनि तिनै कुरासँग नै हुने गर्दछ । अनि चाड पर्वलाई मँहगी कालोबजारी र तस्करीले कसरी मारमा पार्छ र केही मुठ्ठीभर ब्यापारी, तस्करी, भ्रष्टाचार र कालाबजारीले प्रभाव पार्दछन् कुस्त कमाउँदछन् भन्ने कुरा पनि पहिल्याउन सकिन्छ ।

यसपाली तीज पनि कोरोनाको चपेटामा परेर भड्किलो देखिनबाट जोगियो । तर पनि नेपाली महिलाहरुको वास्तविक स्थिति र उनीहरुको मर्म आज के कस्तो किसिमको छ भन्ने कुरा भने यस्ता चाड पर्वको बेला खोजिने गरिएको पाइदैन । यस्ता चाडपर्वहरुलाई पनि बद्लिदो परिवेश अनुसार हिजोदेखिनै थाँती रहँदै आएका र आज उत्पन्न भएका सामाजिक उत्पीडन र आर्थिक शोषणका समस्या हल गर्ने हिसावले प्रस्तुत गर्न सकियो र सिकियो भने त्यो बढी सार्थक र जीवन्त हुन्छ ।

हिजो जुन परिस्थितिमा जसरी चाडबाड चल्दै आएको भए पनि आज तिनलाई समाजिक न्याय, समानता र स्वतन्त्राका लागि प्रयुक्त गरेर जानु आजका सन्दर्भमा सामयिक र सार्थक हुन्छ । पुराना चाड पर्वहरु अहिलेसम्म के कारणले चल्दै र मानिसहरुले अबलम्बन गर्दै आए भन्ने कुराको बस्तुुगत आधार नबुझी हचुवा वा अन्धबिश्वासपूर्ण तरीकाले बुझ्ने बुझाउने गरिएकोले पनि समस्या खडा हुन गरेको छ । यसलाई हिजो र आजको पनि सही परिप्रेक्ष्यमा बुझेर अन्ध मान्यताहरुलाई तिलाञ्जली दिने र असल मान्यताहरुलाई अझ बिकसित गर्दै अगाडि बढाएर लैजाने बैज्ञानिक पद्धति बसालिनु आवश्यक छ । सबै साँस्कृतिक चाडपर्व लगायत भर्खरै सम्पन्न सुदूर पश्चिको बल्के पर्ब अहिले आइरेको तीजको सन्दर्भले पनि यस्तै खोज अनुसन्धान, लेखाजोखा र बिश्लेषणको माग गर्दछ । हिजो जे जस्तो भए पनि आज नेपाली महिलाहरु एउटा निक्कै ठूलो समुदायको बिशेष उत्सवको दिन मानिन्छ तीजलाई ! बिज्ञान र प्रबिधिको बिकास तथा आवत जावत, भेटघाट र घुलमिलीकरणको बढ्दो प्रभावले गर्दा आज यो तीज पर्व पनि सबै समुदायका महिलाहरुको चाड बन्दै गएको देखिन्छ । अरु चाड पर्वको सन्दर्भमा पनि यही कुरा देखिदै आएको छ । यो परम्पराले हाम्रो राष्ट्रिय एकताका सुत्रहरुलाई बलियो बनाउन र परस्परको जन सद्भावलाई खँदिलो पार्न पनि मद्दत पु¥याउँदछ । त्यसैले यो पक्षलाई प्रोत्साहित गर्नु पनि आजको हाम्रो आवश्यकता पनि हो ।

अहिले तीजको मात्र कुरामा सीमित रहने र यसको परम्परागत साँस्कृतिक रुपको कुरालाई लिने हो भनेयस दिनको सन्दर्भमा महिलाहरु अबिबाहित भए असल पति पाउने र बिवाहित भए पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गरी निराहार ब्रत बस्ने धर्मकर्मसँग गाँसेर यसलाई प्रस्तुत गरिदै आएको छ । तर असल पत्नी पाउन र आफ्ना पत्नीहरुको सुस्वास्थ्य र दीर्घायुको कामना गरेर पुरुषहरु यस्तै ब्रत बस्ने कुनै धार्मिक साँस्कृति चाड पर्व भने रहेको पाइदैन । त्यसैले यसको एक पक्षीय जुन मान्यता छ त्यो आजको युग र समाज सुहाँउदो छैन । असमान किसिमको छ । यसलाई परिमार्जन गरिनु पर्ने टड्कारो आवश्यकता यसले दर्शाउँदछ । अर्कोतिर अनेक कारणले आज तीज पनि अरु कतिपय चाड पर्व र उत्सबहरुलाई जस्तै निक्कै भड्किलो पर्व बन्दै गएको र बनाउँदै लगिएको छ । पहिलेदेखिनै सञ्चारमाध्यमहरुले तीजको रमझम पस्किने गर्दै आएका छन् । सञ्चार माध्यमहरु स्वयममा भएको बिकासका कारणले गर्दा पनि महिनौ दिन अगाडिदेखि यसको रौनक देखिने थालेको हो । यद्यपि यसपाली तीज पनि कोरोनाको चपेटामा परेर भड्किलो देखिनबाट जोगियो । तर पनि नेपाली महिलाहरुको वास्तविक स्थिति र उनीहरुको मर्म आज के कस्तो किसिमको छ भन्ने कुरा भने यस्ता चाड पर्वको बेला खोजिने गरिएको पाइदैन । यस्ता चाडपर्वहरुलाई पनि बद्लिदो परिवेश अनुसार हिजोदेखिनै थाँती रहँदै आएका र आज उत्पन्न भएका सामाजिक उत्पीडन र आर्थिक शोषणका समस्या हल गर्ने हिसावले प्रस्तुत गर्न सकियो र सिकियो भने त्यो बढी सार्थक र जीवन्त हुन्छ ।

यस परिप्रेषमा नेपालीको महिलाहरुको स्थिति के कस्तो रहँदै आएको छ त्यो केलाउनु पर्ने हुन्छ । देशको जनसंख्याको ५० प्रतिशत भन्दा बढी महिला भए पनि उनीहरुलाई ३३ प्रतिशत अधिकार प्रदान गरिनुपर्ने एउटा अनौठो अन्तर्राष्ट्रिय मान्यता बिकसित गरेर प्रचार प्रसारमा ल्याइँदै आएको छ र त्यसैमा घण्टौं प्रवचन दिने गरिएको छ । तर त्यो ३३ प्रतिशतकै औचित्य, आधार र आवश्यकता किन परेको हो न महिला नेतृ न पुरुष नेता कसैले कहिले औल्याउनुपर्ने र स्पष्ट पार्नुपर्ने आवश्यकता ठानेको देखिएको छैन । हाम्रो देशको राजनीतिक, आर्थिक, समाजिक र साँस्कृतिक जुनसकै क्षेत्रलाई हेर्दा पनि महिलाहरुको प्रतिनिधित्व न्यून र नगन्य रहेको प्रष्टै देखिन्छ । यद्यपि संस्थागतरुपमा नभएर कागतालिकोरुपमा अहिले हाम्रो देशका कतिपय शीर्ष स्थानमा महिलाहरुकै नेतृत्व छ । यद्यपि यो समस्याको ठोस समाधान होइन भन्ने कुरा हाम्रै नजिकका छिमेकी देशहरु बंगालादेश, भारत, पाकिस्तान र श्रीलंकाका उदाहरणहरु लिन सकिन्छ । बंगलादेशमा दुइटा बेगमहरु पालै पालो सत्तासीन हुन्छन् सरकार चलाउँदछन् । तर त्यहाँका महिलाहरुको स्थिति के छ भनेर सबैलाई थाहा छ । भारतमा इन्दिरा गान्धी शक्तिशाली प्रधानमन्त्री भइने तर त्यहाँका महिलाहरुको स्थिति के जग जाहेर नै छ । त्यस्तै पाकिस्तानमा पनि बेनजीर भूट्टो, श्रीलंकामा पनि बन्दरा नायके, चन्द्रिका कुमारतुंगाहरुले शासन नचलाएका होइनन् । तर समग्र समाज र महिलाहरुको स्थितिमा कही पनि आमूल रुपमा केही भिन्नता या फरक आएको कतै पाइएन । यसो हुनुको पछाडि सामन्ती तथा बिकृत पूँजीवादी पितृ सत्तात्मक पुरुषबादी सोच र ब्यवहारको कारणले यस्तो भएको भनेर नथाक्ने महिलाहरु पनि यो स्थितिलाई बदल्न भन्दा मौका पर्नासाथ यथास्थितिमै रमाउन अभ्यस्त हुने गरेको र भइरहेको प्रष्टै छ । त्यसैले गर्दा सबै क्षेत्रमा असमान अबस्था रहेको भए पनि उनीहरुले त्यसप्रति टाउको दुखाउनु र दिमाग खियाउनु भन्दा अहिले जो हात सो साथकै स्थितिमा आफूलाई खडा गरिरहेका छन् ।

त्यसैले आज तीजलाई सामान्य पारिबारिक सामाजिक चौघेरमा भन्दा राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक बिकृति र बिसंगतिका बिरुद्ध महिला चेतना अभिबृद्धि गर्ने हिसाबले प्रयुक्त गरिनु र हुनु आजको राष्ट्रिय आवश्यकता बन्न गएको छ । यतातिर हाम्रा महिला दिदीबहिनी र उनीहरुसँग सम्बद्ध अन्य सामाजिक तथा राजनीति संघसंस्थाहरले बिशेष ध्यान केन्द्रित गर्न सके भने त्यो दूरगामी महत्वको कुरा हुनेछ । आज जसरी महिला हिंसा, बलात्कार, हत्या, दुब्र्यबहार र अपमानको पीडाबाट महिलाहरु आक्रान्त छन् त्यसले महिलाहरुलाई अझ बढी सचेत, संगठित र संघर्षशील बन्न पर्ने र सही दिशामा अग्रसर भएर लड्नुपर्ने आवश्यकता बोध गराउँदछ र गराइरहेको छ । यस दिशामा गम्भीरतापूर्वक परिवर्तनकामी शक्तिहरुले र खासगरी महिला दिदी बहिनीहरुले सोच्नु र एकताबद्ध भएर अघि बढ्नु अत्यन्तै जरुरी छ । नत्र महिला मुक्ति प्रगतिको कुरा एउटा सामान्य गफगाफको कुरा र अन्ध मान्यताको अनुगामी भएर जाने कुरामै सीमित भएर रहने निश्चित छ ।

वि.सं.२०७७ भदौ ५ शुक्रवार ०७:२८ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...