back
CTIZAN AD

के छ ओली र प्रचण्डलाई बुझाइएको प्रतिवेदनमा ?

वि.सं.२०७७ भदौ ६ शनिवार

843 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि गठन भएको कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ। गत ३० गते गठित कार्यदलले शनिबार आफ्नो प्रतिवेदन बुझाएको हो । जनाइएअनुसार प्रतिवेदन सर्वसम्मत रुपमा तयार गरिएको हो ।

नेकपा विवाद समाधानका लागि प्रस्ताव तयार पार्न ८ दिनअघि कार्यदल गठन भएको थियो। पार्टी महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलमा स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे,भीम रावल,पम्फा भुसाल,जनार्दन शर्मा र शंकर पोखरेल छन्।

कार्यदलले अघिल्लो शनिबारदेखि नै काम सुरु गरेको थियो ।

के छ प्रतिवेदनमा ?

नेकपा स्रोतले जनाएअनुसार कार्यदलले प्रतिवेदनमार्फत सरकार सञ्चालन, पार्टी सञ्चालन र पार्टीभित्रको समग्र अन्तरविरोधबारे दुई अध्यक्षलाई सुझाव दिएको छ । जनाइएअनुसार प्रतिवेदनमा एउटा अध्यक्षले सरकार सञ्चालन गर्ने र अर्का अध्यक्षले पार्टीको काम सञ्चालन गर्ने कुरा उल्लेख छ ।

यसैगरी, प्रतिवेदनमा महाधिवेशनको तयारी गर्ने, पार्टी एकताको काम पूरा गर्ने, महाधिवेशनको कार्ययोजना बनाउने कुरा पनि उल्लेख छ । प्रतिवेदनमा मन्त्रिमण्डल पुनर्गठन गर्ने विषय पनि परेको छ । नेकपा स्रोतले जनाएअनुसार पार्टीभित्र पटक–पटक विवादमा पर्ने राजनीतिक नियुक्तिका विषयहरु बारे पनि कार्यदलले प्रतिवेदनमा सुझाव समेटेको छ ।

जनाइएअनुसार पार्टी एकतामा बाँकी रहेका कामलाई टुंग्याउने विषय र जारी स्थायी समिति बैठकबारे पनि प्रतिवेदनमार्फत कार्यदलले सुझाव दिएको छ । पार्टीभित्रको अन्तरविरोधलाई कसरी हल गर्ने भन्ने समग्र खाका कार्यदलले प्रतिवेदनमार्फत दिएको नेकपा स्रोतले जनाएको छ ।

वि.सं.२०७७ भदौ ६ शनिवार २०:३८ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

भोजपुर । भोजपुरमा बाँदरको बढ्दो उपद्रोले किसानको वर्षभरको मेहनत जोखिममा...

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल...

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ ।  देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्रीवितरण...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...