back
CTIZAN AD

प्रवासी नेपाली एकता मन्च स्पेनद्धारा अनलाईन नृत्य प्रतियोगिता आयोजना

वि.सं.२०७७ भदौ ६ शनिवार

810 

shares

प्रवासी नेपाली एकता मन्च स्पेनले अनलाईन मार्फत् नृत्यु प्रतियोगिताको आयोजना गरेको छ ।  नेपाली नारीहरुको महान पर्व तिजको अवसर पारेर आयोजना गरिएको उक्त नृत्य प्रतियोगितामा भागलिन इच्छुकहरुले २३ अगस्त (आइतबार) राति ११ः५९ सम्ममा भिडियो पठाउन सकिने जानकारी मन्चका सचिव अशोक किरण न्यौपानेले संसारन्युजलाई जानकारी दिएका छन् ।

कोभिड १९ को बर्तमान परिस्थितिमा नृत्य प्रतियोगिता कार्यक्रमका लागि पत्राचार एवं अन्य माध्यमबाट निमन्त्रण तथा जानकारी गराउन असमर्थ भएको हुँदा फेसबुकमार्फत नै जानकारी गराउँदै आएको पनि सचिव न्यौपानेले बताएका छन् ।

‘स्पेनमा हुने सम्पूर्ण कार्यक्रमहरूमा यहाँहरू सँग हातेमालो गर्दै आएको कुरा अवगतनै छ । सदाझैं यस कार्यक्रममा पनि स्पेन स्थित सम्पूर्ण राजनीतिक, जातिय, क्षेत्रिय संघसंस्थाहरूले आ-आफ्नो संघसंस्थामा प्रचार प्रसार गरि नृत्य प्रतियोगितामा धेरै भन्दा धेरै महिला दिदीबहिनीहरुको सहभागिताको लागि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।’ न्यौपानेले अनुरोध गरेका छन् ।

यस अघि २० अगस्त भित्र भिडियो पठाउन अनुरोध गरिए पनि आइतबार सम्मका लागि समय थप गरिएको पनि न्यौपानेले जानकारी दिएका छन् ।

उक्त अनलाईन प्रतियोगितामा भाग लिएर उत्कृष्ट प्रदर्शन गरेर प्रथम हुनेलाई २०१ युरो, द्धितीयलाई १५१ युरो र तेश्रो हुनेलाई १०१ युरो पुरस्कार स्वरुप दिइने पनि मन्चले जानकारी दिएको छ ।

वि.सं.२०७७ भदौ ६ शनिवार २०:२९ मा प्रकाशित

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...