back
CTIZAN AD

युरोपमा रहेका विष्णुले ल्याए मातृभूमिको प्रेम झल्किएको गिती एल्बम ‘जय नेपाल’(भिडियो सहित)

वि.सं.२०७७ भदौ ६ शनिवार

2K 

shares

आफु जन्मेको देश र जन्म दिने आमा स्वर्ग भन्दा प्यारो हुन्छ । जन्मेको देश भन्दा प्यारो अरु के हुन् सक्छ र ? हिमाल, पहाड, राष्ट्रिय गौरवको पोशाक शिरमा ढाका टोपी अनि दौरा सुरुवाल यस्तै-यस्तै राष्ट्रिय गौरव र मातृभूमी प्रति अगाध प्रेम झल्केको म्युजिक भिडिओ बिष्णु छेत्रीको ‘जय नेपाल’ बोलको गीत हालै सर्वाजनिक भएको छ ।

नेपाल चितवनमा जन्मिएका चर्चित कलाकार बिष्णु क्षेत्रीले पछिल्लो समय युरोपलाइ आफ्नो कर्मक्षेत्र बनाएका छन् । युरोपमा पोर्तुगल हुदै हाल नर्वेको राजधानी ओस्लो निवासी अत्यन्तै सरल स्वभाव र नेपाली समाजमा परिचित छन् क्षेत्री ।

जहा रहे पनि नेपाली समाजले आयोजना गर्ने कार्यक्रमममा सहभागी भएर दर्शकहरुको मन जित्न सफल कलाकार बिष्णु क्षेत्री हाल मातृभूमि प्रति अगाध प्रेमले भरिएको गीत ‘जय नेपाल’ लिएर सार्वजनिक भएका छन् ।

धन कमाउने अभिलाषा पूरा गर्न आफ्नो जन्मभूमी र आमाको न्यानो काख र भर्खर बैबाहिक सम्बन्धमा जोडिएका नवजोडी त्यागेर ठूलो संख्यामा बिदेशिएका नेपालीहरुको दुख र ब्यथाहरुको कथा हो गायक बिष्णु छेत्रीका गिती एल्बम ‘जय नेपाल’ ।

बिदेशिनु बाध्यता नेपालीहरुको नियति नै जस्तो भएकोले दिनहुँ सयौंको संख्यामा नेपालीहरु बिदेशीइ रहेका छन् । परिवारको जीवनयापन सहज बनाउने सपना बोकेर खाने, लाउने, रमाउने उमेरमा धन कमाउने र सुखी जीवन बिताउने सपना बोकेर बिदेशिदाको क्रममा बेहोर्नु परेको दुःख र पीडाको चित्रण उनको गिती भिडियोमा पाउन सकिन्छ ।

मातृभूमि प्रति अगाध प्रेम झल्केको कथा संगालिएको यस भिडियोमा अकल्पनीय घटना घटेर आफ्नो परिवार गुमाउँदा समेत फर्किन नसक्दाको पीडा समेत उत्कृष्ट ढंगले उतारिएको छ । नयाँ पुस्ताले गरेको समर्पणको साथै परिवर्तित सोचको जागरण गर्न पनि भिडियो सफल रहेको देखिन्छ ।  निकै नै मार्मिक र उत्कृष्ट बनेको कुरा युट्युवमा दर्शकहरुले दिएको प्रतिक्रियाबाट पनि सजिलै बुझ्न सकिन्छ ।

गायक बिष्णु छेत्रीको आवाज रहेको आफ्नो मिठो स्वरले सम्पूर्ण कला प्रेमीहरुको मन जित्न सफल रहने छ । उनले निकै नै मेहनत गरेको कुरा प्रस्टैसँग बुझ्न सकिन्छ । गीतको मातृप्रेम भाव अनुसार आफुलाई दरोसँग प्रस्तुत गरेका छन् क्षेत्रीले ।

साथै गीतका रचनाकार बिकाश सुवेदीले निकै नै सुन्दर तरिकाले मातृभाव पोख्न सफल रहेका छन् भने उनका हरेक शब्दहरुको छनौटले मातृभुमिप्रति माया गर्ने हरुलाई भाबुक बनाएको छ ।

यस गीतमा संगीतकार सुभाष भुषालको संगीत रहेको छ भने भिडियो आभाष आचार्य प्रोडक्सनबाट निर्माण तथा युट्वमा पनि सार्वजनिक गरिएको हो । आभाष आचार्यले गरेका भिडियोमा निर्देशक आचार्यको उत्कृष्ट निर्देशकीय क्षमता देख्न पाइन्छ भने कथा पनि निकै नै मार्मिक ढंगले बुन्न सफल भएका छन् ।

देश प्रेमको भावनालाइ समेट्दै हिमाल पहाड र हाम्रो गौरवको राष्ट्रिय पोशाक दौरा सुरुवाल ढाका टोपी अनि जय नेपाल गितको भाव सुन्दर रुपमा पस्किन सफल कथा पनि स्वयम् आचार्य कै रहेको छ । यस अघि पनि निर्देशक आचार्यले निर्माण गरेका उत्कृष्ट भिडियोहरु युट्युवमा देख्न पाइन्छ ।

भिडियोमा मुख्य प्रस्तुति महेन्द्र अधिकारी, सोनिया सिंह ठकुरी र कर्मा वाङ्गेल लामाको रहेको छ । यस अघि पनि केहि संख्यामा म्युजिक भिडियोहरुमा कलाकार महेन्द्र अधिकारीलाइ देख्न सकिन्छ । लामो समयको अन्तराल अर्थात् १२ वर्षपछि भिडियोमा काम गर्ने अवसर पाउदा खुशी लागेको कुरा कलाकार महेन्द्र अधिकारीले बताएका छन् । युरोप बसाइको क्रममा नेपाली समाजमा सधै देखिने कलाकार बिष्णु क्षेत्री यसपटक यो भिडिओ थप चर्चा र बधाईका पात्र मात्र बन्न सफल भएका छन् ।

वि.सं.२०७७ भदौ ६ शनिवार २०:०१ मा प्रकाशित

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...