back
CTIZAN AD

एनआरएनए आइसीसीको ७४ औं बैठक सम्पन्न, सदस्यता, प्रतिनिधि र अनलाइन भोटिङ्बारे भए यस्ता निर्णय

वि.सं.२०७७ भदौ ७ आइतवार

741 

shares

७ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद (एनआरएनए आइसीसी) को ७४ औं बैठक संघको सदस्यता, महाधिवेशन प्रतिनिधि र अनलाइन भोटिङको ब्यबस्थाको लागि सैद्दान्तिक रुपमा सहमत भएको छ ।

संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार, बैठकमा संघको साधारण सभा, सदस्यता र प्रतिनिधि छनोटका बिषयमा धेरै छलफल भएका छन् । यस बाहेक केहि नियमित एजेण्डामा पनि छलफल र निर्णय भएका छन् । तर बिशेष रुपमा भने सदस्यता, महाधिवेशन प्रतिनिधि र निर्वाचन प्रणालीमा नै केन्द्रित रहन गएको बताइएको छ ।

अगष्ट २२ मा बसेको एनआरएनए आइसीसीको ७४ औं बैठकले संघको सदस्यता र महाधिवेशनका प्रतिनिधि, निर्वाचन प्रणाली सम्बन्धि निर्णय गरेको छ ।
अब संघको सदस्यता स्मार्ट एनआरएनए सिष्टममा गएर निःशुल्क लिन सक्ने बनाइने छ । त्यसैगरी महाशिवेशन प्रतिनिधि पनि निशुल्क गर्ने र अनलाइन भोटिङको ब्यबस्थालाइ उत्कृष्ट रुपमा नीति तय गर्नको लागि समेत निर्णय गरिएको छ ।

यसका लागि बैठकले संघका महासचिव डा हेम राज शर्माको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ ।
कार्यदलमा सचिव गौरीराज जोशी, कोषाध्यक्ष महेश श्रेष्ठ र निवर्तमान प्रवक्ता तथा बिधान समितिका संयोजक भुषण घिमिरे रहेका छन् । आवश्यक्ता अनुसार कार्यदलले सदस्यहरु थप गर्न सक्ने बताइएको छ ।

तर कार्यदलले नीतिको ब्यबहारिकतालाइ समेत ध्यान दिएर प्रतिवेदन तयार पारी दुइ हप्ताभित्रमा संघको पदाधिकारी बैठकमा पेश गर्नुपर्ने छ । संघले सो नीति गैरआवासीय नेपाली संघको बिशेष साधारणसभामा पेश गर्ने छ ।

वि.सं.२०७७ भदौ ७ आइतवार १०:०८ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...