back
CTIZAN AD

ऋषिपञ्चमीमा नुहाउन गएका तीन बालिका वाग्मतीमा बेपत्ता

वि.सं.२०७७ भदौ ७ आइतवार

699 

shares

७ भदौ, रौतहट । नुहाउन गएका तीन बालिका गढीमाई नगरपालिका वडा नम्बर ७ धरमपुरघाटस्थित वाग्मती नदीमा आज बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा धरमपुर टोल बस्ने भदई मुखियाकी १० वर्षीया छोरी पिंकुकुमारी, लछुमन दासकी १२ वर्षीया छोरी सुशीलाकुमारी र छट्टु मुखियाकी १० वर्षीया छोरी चञ्चलकुमारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।

ऋषिपञ्चमीका अवसरमा बिहान करीब १० बजे टोलका अन्य महिलासँग नुहाउन गएका बालिकाहरु नुहाउँदा नुहाउँदै अचानक बेपत्ता भएको स्थानीयवासी महिलाले बताएका छन् ।

सो घटनाको खबर आएपछि इलाका प्रहरी कार्यालय समनपुरका प्रहरी नायब निरीक्षक क्षेत्रबहादुर बरुवालको नेतृत्वमा गएको प्रहरी तथा सशस्त्र बेश क्याम्प समनपुरको प्रहरी टोली घटनास्थलमा पुगेर खोजतलास शुरु गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । । अन्य दिनका तुलनामा आज पानीको बहाव तीव्र रहेको रौतहट प्रहरीले जनाएको छ । रासस

वि.सं.२०७७ भदौ ७ आइतवार १५:२५ मा प्रकाशित

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’...

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...