back
CTIZAN AD

फल्स बटम बनाइ कपडामा करोडौँ छली गर्ने छ जना विरुद्ध मुद्दा दायर

वि.सं.२०७७ भदौ ७ आइतवार

696 

shares

भारतीय ट्रकमा फल्स बटम (छुट्टै नदेखिने क्याविन कोठा) बनाइ रजनिशकुमार गुप्ता र राजेन्द्र थापासमेत ६ जनाले भन्सार चोरी पैठारी गरी राजस्व करोडौँको चुहावट गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ । उनीहरुमाथि रु तीन करोड १९ लाख ७७ हजार बराबरको राजस्व छली गरेको आरोप छ । उक्त रकम बराबरको बिगो कायम गरी बिगो असुल, जरिवाना र कैद सजायाको मागसहित राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा चलाएको आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।

उनीहरुले फस्स बटम बनाई भारतीय कपडा लुकाई छिपाई ल्याई चोरी पैठारी गरी राजस्व चुहावट तथा छली गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । उनीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन सहित) को दफा ३ ले निषेधित गरेको दफा ४ को खण्ड (क), (ख), (छ) र (झ) बमोजिमको कसुरजन्य कार्य गरेको विभागले जनाएको छ ।

उक्त कार्यमा मालवस्तु ढुवानीकर्ता नेपाल लजिष्टिकका सञ्चालक राजेन्द्रप्रसाद गुप्ता र बरामद मालवस्तु भएको ट्रकका चालक सुनिल कुमारको हकमा बरामद मालवस्तुको मूल्य त्रिपन्न लाख उनान्तीस हजार बिगो कायम गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ (१) बमोजिम जरिवाना तथा कैद सजायको माग गरिएको छ ।

अन्य प्रतिवादीहरु बारा कलैया नगरपालिका–८ आदर्शटोल स्थायी ठेगाना भई काठमाडाँमा कपडा पसल सञ्चालन गर्र्ने रञ्जितकुमार गुप्ता र सृजन शर्माको नाममा दर्ता भएको पशुपति ट्रान्र्सपोर्ट सोलुसनका भारतको दिल्ली घर भइ ललितपुर महानगरपालिकाको धोवीघाटमा बसोबास गर्दै आएका रजनिशकुमार गुप्ता र राजेन्द्र थापाले फल्स बटमभित्र लुकाई पठाएको मालवस्तुहरु व्यवस्थापन गर्न मुख्य भूमिका खेल्ने कार्य गरेका थिए ।

उनीहरुको हकमा बरामद विगोको अतिरिक्त उक्त ट्रकमा लुकाई छिपाई योभन्दा पहिला ५ पटक चोरी पैठारी गरी नेपाल ल्याई बिक्री वितरण गरेकोे मालवस्तुसहित भन्सार चोरी पैठारीअन्तरगत रु तीन करोड उन्नाइस लाख सतहत्तर हजार बिगो कायम गरी असुल उपर गरी सजायँको माग गरिएको छ ।

वि.सं.२०७७ भदौ ७ आइतवार १७:४१ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...