back
CTIZAN AD

निषेधाज्ञाबारे थप स्पष्ट पार्दै जिप्रका काठमाडौँले निकाल्यो यस्तो विज्ञप्ति

वि.सं.२०७७ भदौ ७ आइतवार

792 

shares

७ भाद्र, काठमाडौँ । काठमाडौँमा अत्यावश्यक सेवामध्ये पानी र औषधी तथा स्वास्थ्यसामग्री बिक्रीवितरण गर्ने व्यवसाय चौविसै घण्टा र अन्य बिक्रीवितरण गर्ने व्यवसाय भने विहान ९ः१५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने भएको छ ।

अत्यावश्यकबाहेकका गतिविधि निषेधको आदेश जारी भएको वर्तमान समयमा उक्त आदेश कार्यान्वयनको शिलशिलामा अत्यावश्यक वस्तु वा सेवामध्ये औषधी, पानी र स्वास्थ्य सामग्री बिक्रीवितरण गर्ने पसल जुनसुकै समयमा पनि खुला गर्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।

यद्यपि अत्यावश्य वस्तु र सेवामध्ये खाद्य वस्तु, दुग्धजन्य पदार्थ, फलफूल, तकारी, माछामासु आदि बिक्रीवितरण गर्ने पसल भने बिहान ९ः१५ बजेसम्म खोल्न पाइने छ । यसरी व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा सामाजिक दूरी कायम राख्नुपर्ने, मास्क र सेनिटाईजरको प्रयोगलगायत स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गनुृपर्ने सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम यही भदौ ३ गते राती १२ः०० बजेदेखि भदौ १० गते राती १२ः०० बजेसम्मका लागि उपत्यकाभर लागु हुने गरी अत्यावश्यकबाहेकका गतिविधिमा निषेधको आदेश जारी भएको छ । महामारीको रुपमा फैलिरहेको कोभिड–१९ सङ्क्रामण रोक्न उक्त आदेश जारी गरिएको हो ।

वि.सं.२०७७ भदौ ७ आइतवार २०:२७ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...