back
CTIZAN AD

जोखिममा बस्ती

वि.सं.२०७७ भदौ ८ सोमवार

768 

shares

काठमाडाैं-  नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीको नेगीगाँउमा बस्तीमाथिको ठूलो ढुङ्गाले ३५ परिवार जोखिममा परेको छ । गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङका अनुसार पाँच वर्षअघि गएको विनाशकारी भूकम्पको समयमा डगमगाएको ढुङ्गा अहिलेको बर्साततले बग्न थालेपछि नेगीगाउँ जोखिममा परेको हो ।

बस्तीभन्दा माथि पर्ने डाँडामा रहेको दुईतले घरभन्दा ठूलो आकारको ढुङ्गाले आफ्नो सतह छाडेर बग्न थालेपछि गाउँपालिकास्तरीय विपद् व्यावस्थापन समितिले ढुङ्गा हटाउन जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गरेको छ । ‘ढुङ्गाको आकार निकै ठूलो भएकाले विस्फोट गराई हटाउनुपर्ने र त्यसका लागि नेपाली सेनामार्फत तत्कालै हटाउन आवश्यक रहेको’ भनी जिल्ला विपद् व्यवस्थापन समितिलाई पत्राचार गरिएको गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिए ।

पाँच वर्षअघि गएको विनाशकारी भूकम्पको कम्पनले माथिबाट ढुङ्गा र सुक्खा पहिरो जानसक्ने भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्राविधिक अध्ययन टोलीले तयार गरेको प्रतिवेदनमा समेत नेगीगाँउलाई जोखिम बस्तीका रूपमा समावेश गरेको थियो ।

वि.सं.२०७७ भदौ ८ सोमवार १०:३५ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...