back
CTIZAN AD

आज कुन-कुन प्रदेशमा भारी वर्षा र नदीको बहाव बढ्ने सम्भावना छ त ?

वि.सं.२०७७ भदौ ९ मंगलवार

996 

shares

९ भदौ, काठमाडौं । हाल देशैभर सामान्य बदली रहि बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक÷दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी नेपाल बाढी सूचनाका अनुसार आज दोलखा, रामेछाप, काभ्रेपलान्चोक, काठमाडौं उपत्यका, रसुवा, नुवाकोट, धादिङ, प्युठान, बाग्लुङ,रोल्पा,रुकुम, दाङ, सुर्खेत, सल्यान, कालिकोट, डोटी, अछाम दार्चुला, बझाङ बाजुरा र बैतडीका नदीहरुमा पानीको बहाव उच्च हुने छ ।
त्यसैगरी आगामी ३ दिन देशैभरीका प्रमुख तथा मझौला नदीहरु कोशी, नारायणी, कर्णाली, महाकाली कन्काई, कमला, बागमती, पश्चिम राप्ति, बबई र यसका आसपासका सहायक नदीमा सामान्य घटबढ हुने र सतर्कता भन्दा तलै हुने पूर्वानुमान रहेकाले तटिय क्षेत्रका क्रियाकलापमा सामान्य शतर्कता अपनाउन पनि बाढी सूचनाले अनुरोध गरेको छ ।

वि.सं.२०७७ भदौ ९ मंगलवार ०९:२३ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...