back
CTIZAN AD

साबधान ! कार्यदलले दियो एमसीसी अनुमोदन गर्ने सुझाब

वि.सं.२०७७ भदौ ९ मंगलवार

900 

shares

अनुदानको हौवा पिटाएर एकातिर देशलाई बाह्य शक्तिको अखडा बनाउने र अर्कोतिर परनिर्भरताको पासो अझ कसिने स्थिति सिर्जना हुने बाहेक केही हुँदैन । नेपालको स्वाधीनता र आत्मनिर्भरतालाई आघात पर्ने कुनै पनि सहयोग जेसुकै नाममा आए पनि त्यो त्याज्य र अस्वीकार्य हुन्छ र हुुनुपर्दछ ।

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको पार्टीका महासचिव बिष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले प्रतिबेदन प्रस्तुत गरेपछि त्यसबारेमा टीका–टिप्पणीहरु आरम्भ भएका छन् । त्यस प्रतिबेदनले अन्य कुराका अतिरिक्त अमेरिका सरकारको एउटा कम्पनी र नेपाल सरकार बीच भएको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता(एमसीसी)लाई परिमार्जन सहित भनेर अनुमोदन गर्ने सुझाव दिएपछि यो अहिले पुनः बिशेष चर्चाको बिषय बनेको छ । नेपाललाई ४०० केभीको बिद्यूत प्रसारण लाईन निर्माण गर्न र १०० किलोमिटर बाटो फराकिलो बनाउन ५५ अर्ब रुपैया ५ बर्षभित्र अमेरिकी कम्पनीले अनुदान दिने भनिएको त्यो सम्झौताका जस्ता बिबादास्पद् र घातक शर्तहरु छन् त्यसलाई परिबर्तन र परिमार्जन गर्न नेपालले सक्ने कुनै कुरै छैन र गर्न सक्तैन । ती शर्तहरु सच्याउने नसच्याउने कुरा अमेरिकाको हातमा छ ।

अमेरिकाले त्यो सच्याउनका साटो अनुदान नै दिने भए यूएएआईडी लगायतका अरु अमेरिकी निकाय या एशियाली बिकास बैंक, बिश्व बैंक, आईएमएफ आदिबाट नेपाललाई दिन सक्तछ । तर अमेरिकाले बिशेषतः यो मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता जुन रणनीति उद्देश्यले अघि सारेको छ र जस्ता शर्तहरु नेपालले पालना गर्नुपर्ने भनेर राखेको छ त्यसले पहिलो कुरो त नेपालको परराष्ट्र नीतिको आधार, असंलग्नता, पंचशील आदि आधारभूत मूल्यहरुमाथि नै प्रहार गर्ने र नेपाललाई अमेरिकी धूरीमा घिसार्ने देखिन्छ भने अर्कोतर्फ नेपालको स्वाधिनता, सार्बभौमिक अखण्डता, संसद तथा न्यायपालिका र नेपालको कानुन कुनै पनि कुरा यस सम्झौता अन्तरगत अमेरिकालाई मान्य नहुने र त्यसमा कुनै पनि प्रकृतिको बिबाद खडा भएमा अमेरिकी कानुन नै अर्थात् कम्प्याक्ट सम्झौता अनुसार हुने कुरा एकदमै प्रष्ट छ । यस्तो घातक राष्ट्रहित बिपरीतको सम्झौता पारित गर्न सत्ताधारी पार्टी किन उद्यत र संघर्षशील छ यो पनि कम आश्चर्यको कुरा छैन ।

प्रतिबेदनको बूँदा नं १७ मा मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता अनुमोदन गर्न ६ सदस्यीय कार्यदलले सुझाब दिएको छ । त्यस बुँदामा भनिएको छ — ‘‘नेपाल सरकार र अमेरिकी सरकारको संसाथ मिलेनियम च्यालेञ्ज कर्पोरेशन बीच सन् २०१७ मा सम्पन्न भएको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट संझौता यतिबेला संसदमा अनुमोदनको लागि बिचाराधीन अबस्थामा छ । उक्त सम्झौताका सम्बन्धमा निर्णयमा पुग्न अघि आबश्यक अध्ययन गरी सुझाव सहितको प्रतिबेदन प्रस्तुत गर्न केन्द्रिय कमिटीको दोश्रो बैठकबाट कार्यदल गठन गरिएको थियो । कार्यदलले आफ्नो प्रतिबेदन प्रस्तुत गरिसकेको छ । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता र सो सम्बन्धि कार्य दलको प्रतिबेदन उपर स्थायी कमिटी र सचिवालयमा छलफल गर्ने । उक्त सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकता अनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने ।’ भन्ने स्पष्ट उल्लेख गरेको छ ।

सत्ताधारी पार्टीमा यो सम्झौता गरिनु नै गलत छ । केही अर्ब रुपैयाको आधारमा राष्ट्रिय अस्मितामाथि आँच पुग्न दिइनु हुँदैन भन्नेसम्म कुरा गर्ने भीम रावल स्वयं अहिलेको कार्य दलमा थिए । तर एक मतले यो सम्झौता अनुमोदन गर्ने कुरा कार्य दलले ल्याएर सम्झौता अनुमोदन गर्न हरियो संकेत दिए पछि हिजोको थैथै पनि अब सकिएको जस्तो स्थिति देखिन्छ । परिमार्जन गर्ने कुरा अमेरिकाको हातमा मात्रै छ नेपालले अस्वीकार गर्ने बाहेक अरु कुनै परिमार्जन गर्ने सच्याउने कुरा गर्न सक्ने उसको हातमा बिल्कुलै छैन । अब अमेरिकाले कतै दया माया गरिदिएर गाँठो फुकाइदिने र इज्जत जोगाएजस्तो गर्ने कुरा बेग्लै हो ।

अनि ४०० केभीको जुन बिद्यूत प्रसारण लाईन हो त्यो बिद्यूत नेपालका लागि होइन भन्ने कुरा प्रष्टै छ । त्यो भारतका लागिको बिद्यूत लाइन हो । यो नेपालको बिद्यूत नीति नै गतल छ । नेपालले आन्तरिक खपतका लागि बिद्यूत बिकास गर्ने राष्ट्रिय नीति नलिने हो भने खोलानाला सकिन्छन् र हामीले बिद्यूत समेत अन्तैबाट लिनुपर्ने स्थिति रहिरहन्छ भन्ने कुरा अहिलेसम्मको अनुभवले देखाइसकेको छ ।

बास्तवमा नेपाल आत्मनिर्भर हुने महत्वपूर्ण लाइफ लाइनै हाम्रो पानी र त्यसबाट उत्पन्न हुने बिद्यूत ऊर्जा हो । त्यसमा पनि जलाशययुक्त बिद्यूत परियोजानाले मात्र हाम्रो कृषि, उद्योग, बन, बाताबरण, शिक्षा, स्वास्थ्य, पर्यटन, बन्द ब्यापार सबैको प्रगति हुने र देश अपूर्बरुपमा उन्नतिको दिशामा जानसक्ने बस्तुगत यथार्थ हुँदाहुँदै बिद्यूत बिक्री गर्ने नाममा आफ्नो पानी र बिजुली आफै चलाउन असमर्थ हुने स्थिति सिर्जन गर्ने जुन घातक प्रपञ्च गरिदैछ त्यसले हाम्रो भबिष्य निर्माण हुँदैन । अहिलेको अमेरिकाले ठूलो रणनीतिक उद्देश्यका साथ दिने भनिएको बिद्यूत र बाटोका लागिको अनुदानले योभन्दा भिन्न उन्नत स्थिति निर्माण गर्न कदापि मद्दत पुग्ने देखिदैन ।

अनुदानको हौवा पिटाएर एकातिर देशलाई बाह्य शक्तिको अखडा बनाउने र अर्कोतिर परनिर्भरताको पासो अझ कसिने स्थिति सिर्जना हुने बाहेक केही हुँदैन । नेपालको स्वाधीनता र आत्मनिर्भरतालाई आघात पर्ने कुनै पनि सहयोग जेसुकै नाममा आए पनि त्यो त्याज्य र अस्वीकार्य हुन्छ र हुुनुपर्दछ । आजको २१ औं शताब्दीमा आइपुगेर पनि महाशक्ति राष्टहरुले आफ्नो स्वार्थका लागि साना र कमजोर राष्ट्रलाई अनेक बहानमा आफ्नो हित अनुकूल हिडाउने कुरामा नेपाल जस्तो कहिलै पनि औपनिवेशिक दासतामा नपरेका देशले फस्नु हुँदैन । सुझबुझ पुर्याएर यो रणनीतिक उदेश्य र अपमानजनक शर्त सहीतको एमसीसी अस्वीकार गर्नु नै बुद्धिमानी हुन्छ । अन्यथा, अन्ततः दुष्परिणाम बाहेक अरु केही हात लाग्दैन । सत्ताधारी पार्टीले अन्तिम पटक गम्भीर रुपमा सोचोस् ।

वि.सं.२०७७ भदौ ९ मंगलवार ०९:३९ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...