back
CTIZAN AD

विवादित छविका इश्वर पोखरेलका सम्धी राष्ट्रिय बाणिज्य बैंकको नेतृत्वमा

वि.सं.२०७७ भदौ ९ मंगलवार

765 

shares

काठमाडौं । विवादित छविका डा. उपेन्द्र कोइराला राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा नियुक्ती भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई बैंकको सञ्चालकमा नियुक्तीको निर्णय गरेको हो ।

उनलाई बैंकको अध्यक्षमा नियुक्ती गर्ने गरि सञ्चालकमा नियुक्ती गरिएको बैंक स्रोतले जनाएको छ । निर्मलहरि अधिकारीलाई राजश्व बोर्डमा पठाइएपछि रिक्त रहेको पदमा कोइरालालाई नियुक्ती गरिएको हो ।

जनाइएअनुसार बुधबार बस्ने सञ्चालक समितिको बैठकले कोइरालालाई अध्यक्षमा चयन गर्नेछ ।

कोइराला उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी हुन् । जानकारीअनुसार पोखरेलको दबाबमा उनलाई सञ्चालकमा नियुक्ती गरिएको हो ।

पटक–पटक नियुक्ती, जहाँ तहीँ बदनाम

कोइराला तत्कालिन नेकपा एमालेबाट धेरै पटक राजनीतिक नियुक्ती पाउने पात्र हुन् । खाद्य संस्थान, नेपाल आयल निगम, उच्च माध्यमिक शिक्षा परिषदलगायतमा उनले नेतृत्वको जिम्मेवारी पाएका थिए ।

आयल निगम, उच्च माध्यमिक शिक्षा परिषद, मध्यपश्चिमाञ्चल विश्व विद्यालयलगायतमा उनी बदनाम भएका थिए । उनीविरुद्व छानविन र मुद्दासमेत परेको थियो ।

उच्च माध्यमिक शिक्षा परिषदको उपाध्यक्षमा नियुक्त भएका उनी गुणस्तरहीन उत्तर पुस्तिका खरिद गरेर विवादमा तानिएका थिए । तत्कालिन समयमा सार्वजनिक लेखा समितिले छानविन थालेपछि बाध्य भएर उनले राजीनामा दिएका थिए ।

मध्यपश्चिमाञ्चल विश्व विद्यालयको उपकुलपती हुँदा उनिविरुद्व आर्थिक अनियमितताको आरोप लागेको थियो । उनी विरुद्व विश्वविद्यालयका विद्यार्थीहरु २ महिनासम्म आन्दोलित बनेका थिए ।

वि.सं.२०७७ भदौ ९ मंगलवार १४:४० मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...