back
CTIZAN AD

एनआईसी एशिया बैंकद्वारा ‘सुपर सिक्स योजना’ को घोषणा

वि.सं.२०७७ भदौ ९ मंगलवार

723 

shares

९ भदौ, काठमाडौं । एनआईसि एसिया बैंकले ‘सुपर सिक्स योजना’ को घोषणा गरेको छ । बैंकले विश्वव्यापी रुपमा फैलिइ रहेको कोरोना भाईरसको महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको हो ।

अतुलनीय तथा असिमित सुविधाहरू सहित देशभर फैलिएका शाखा तथा सञ्जालमार्फत आफ्ना लाखौं ग्राहकहरूमाझ गतिशिल बैंकिङ्गको अभ्यास गर्दै आएको यसबैंकले समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा यो योजना सार्बजनिक गरेको जनाएको छ ।

यस ‘सुपर सिक्स योजना’ अनुरुप ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्गमार्फत हप्तामा ६ वटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा रू. ५०० सम्म रकम फिर्ता प्राप्त गर्न सक्ने छन् । यो योजना आईतबार देखि देखि भाद्र २७ गतेसम्म हुने कारोबारमा मात्र मान्य हुने तथा न्यूनतम रू. १०० सम्मको कारोबार गर्नुपर्ने व्यवस्था रहेको छ ।

बैंकले यस अघि पनि डिजिटल बैंकिङ्गका नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको तथा १५ हजार भन्दा बढी क्यूआर मर्चेन्टस मार्फत उत्साहजनक विद्युतीय कारोबारगर्दै आएको जनाएको छ ।

अहिलेको विषम परिस्थितिमा जुनसुकै स्थानबाट जुनसुकै समयमा सम्पूर्ण कारोबार मोबाइल बैंकिङ्गमार्फत गर्न प्रोत्साहनका लागि यस्तो योजना ल्याएको पनि बैंकले जनाएको छ । अहिलेको समयमा ग्रहाकहरुको सुरक्षाका निमित्त बिजुली एवं खानेपानीको महसुल, मोबाइल रिचार्ज खरिद, बीमा प्रिमियम भुक्तानी, टेलिभिजनको बील लगायतका घरायसी बीलको जुनसुकै स्थानबाट जुनसुकै समयमा विद्युतीय भुक्तानी गर्न मिल्ने व्यवस्था बैंकले गरेको छ । बैंकले सुरु गरेको यो योजनामा मोबाइल बैंकिङ्गमार्फत गरिने वालेट लोड, रकम ट्रान्सफर र क्रेडिट कार्ड भुक्तानीलाई भने समावेश गरिएको छैन ।

बैंकले डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राख्दै समयअनुरुप ग्राहकमैत्री एवं प्रोत्साहनमुलक योजनाहरू ल्याउदै आएको पनि जनाएको छ । बैंकले आफ्ना मोबाइल बैंकिङ्ग वा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको पनि जनाएको छ ।

आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाख भन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.१ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकदरा जारी गरिएको बिज्ञप्तिमा जनाईएको छ ।

वि.सं.२०७७ भदौ ९ मंगलवार १३:४६ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...