back
CTIZAN AD

एकैदिन १३७ स्वास्थ्यकर्मीलाई पिपिइ बाँडेका डा. महाविर भन्छन्–’एकछिनका लागि स्वास्थ्यकर्मी बनेर सोच्नुहोस्’

वि.सं.२०७७ भदौ ९ मंगलवार

678 

shares

९ भदौ, काठमाडौं । राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख डा. महाविर पुनले एकैदिन कोरोना संक्रमितको उपचारमा फ्रन्टलाईनमा खटिने १३७ जना स्वास्थ्कर्मीलाई पिपीई सेट वितरण गरेका छन् ।

सोमबार एकैदिन १३७ जनालाई पिपिइ सेट वितरण गरिएको बताएका पुनले एकपटक गम्भीर भएर ती स्वास्थ्यकर्मीका बारेमा सोच्न र केही क्षणको लागि स्वास्थ्यकर्मी बनेर पीडा महसुस गर्न सबैलाई अनुरोध गरेका छन् ।

‘राष्ट्रिय आविष्कार केन्द्रका केहि साथीहरु कोरोनाबाट साह्रै डराएर यता आएका छैनन् । तपाईहरु पनि धेरै त्रसित हुनुहुन्छ र हुनु पनि पर्छ । त्यसैले त मास्क लगाईरहनु भएको छ र डराएर घरभित्र बसिरहनु भएको छ,’ डा. पुनले सामाजिक संजालमा लेखेका छन्, ‘तर तपाईंहरुले कहिल्यै स्वास्थ्यकर्मीहरुको बारेमा सोच्नु भएको छ त ? उनीहरुलाई पनि त कोरोना देखि डर लाग्छ होला नि ? आविष्कार केन्द्रले हिजो एक दिनमा मात्र स्वास्थ्यकर्मीहरुलाई बाँडेको पिपिएको लिस्ट हेर्नुहोस् ।’

स्वास्थ्य क्षेत्रमा कामगर्ने स्वास्थ्यकर्मीहरु कति त्रसित छन् भनेर आफूले हृदयदेखि नै अनुभव गरेको बताएका डा. पुनले हरेक दिन फोन गरेर उनीहरुले पिपिइका लागि आविस्कार केन्द्रमा गरेको अनुनय विनयले प्रष्ट भएको बताएका छन् ।

‘अग्रपंक्तिमा र त्रासपूर्ण स्थितिमा काम गर्नुपर्ने स्वास्थ्यकर्मीहरुलाई आ-आफ्नो क्षेत्रबाट सकेको सहयोग गरौँ । आफु ता जोगिनु होस् तर स्वास्थ्यकर्मीहरुलाई पनि जोगाउने काम गर्नुहोस ।’ उनले भनेका छन् ।

देशमा कोरोना संक्रमण सुरु भएदेखि राष्ट्रिय आविस्कार केन्द्रमार्फत् पिपिइ सेट उत्पादन गर्न थालेका डा. पुनले हालसम्म स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालकलगायत गरेर १२ हजारलाई निःशुल्क रुपमा पिपिई सेट वितरण गरिसकिएको संसारन्युजलाई जानकारी दिएका छन् ।

https://www.facebook.com/mahabir.pun/posts/10158657019770479

 

वि.सं.२०७७ भदौ ९ मंगलवार १४:०१ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...