back
CTIZAN AD

अमेरिका र चीनबीचको तनाव सामान्य हुने संकेत, दुई देशबीचको व्यापार वार्ता सकारात्मक

वि.सं.२०७७ भदौ ९ मंगलवार

762 

shares

काठमाडौं । विभिन्न मुद्दामा द्वन्द चलिरहेको बेला अमेरिका र चीनबीच शीर्ष तहमा वार्ता भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार फोनमार्फत दुई देशका उच्च अधिकारीबीच वार्ता भएको हो । जनाइएअनुसार वार्ता सकारात्मक रहेको र व्यापार सम्झौतालाई अगाडि बढाउने सहमती भएको छ ।

गत जनवरीमा भएको वार्तापश्चात अमेरिका र चीनले एक सम्झौतामा हस्ताक्षर गरेका थिए । सोही सम्झौतालाई आधार मान्दै सोमबार अमेरिकाका व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजर र चीनका उपप्रमुख लियू हूसे टेलिफोन वार्ता गरेका थिए । वार्तामा आर्थिक व्यापारिक सम्झौतालाई कार्यान्वयन गर्ने कुरामा छलफल भएको थियो ।

जनाइएअनुसार वार्तामा दुई देशबीचको व्यापारमा तत्कालै कुनै पनि अतिरिक्त शुल्क नलिइने सम्झौता भएको छ । दुई देशबीच आगामी ६ महिनाभित्र अर्को वार्ता गरि सम्झौतालाई पुनः सरलीकृत गरिने पनि सम्झौता भएको छ ।

जनाइएअनुसार वार्ताबाट अमेरिका र चीनले आ–आफ्नो तर्फबाट लगाइएका कतिपय प्रतिबन्धको सम्बन्धमा भने ठोस निष्कर्ष निस्किएको छैन् । कोरोना महामारीको बीच अमेरिकाले चिनियाँ कम्पनीहरुमाथि लगाएको प्रतिबन्धबारे भने अर्को चरणमा छलफल गर्न प्रस्ताव गरेको छ । एजेन्सीको सहयोगमा

वि.सं.२०७७ भदौ ९ मंगलवार १७:४५ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...