back
CTIZAN AD

सन्दिपले उत्कृष्ट प्रदर्शन गदैँ लिए १ विकेट, जमैका ५ विकेटले विजयी

वि.सं.२०७७ भदौ १० बुधवार

720 

shares

१० भदौँ, काठमाडौँ । । सन्दिप लामिछाने आवद्ध टिम जमैका तलैवाज आफ्नो क्यारेबियन प्रिमियर लिग (सिपिएल) को चौथो खेलमा गुयाना अमेजन वारियर्सलाई ५ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ्ग गरेको गुयाना अमेजन वारियर्सले २० ओभरमा ९ विकेट गुमाउदैँ १०८ रन बनाएको थियो । गुयाना अमेजन वारियर्सका लागि रस टेलरले सर्वाधिक २३ रन बनाएका थिए । जमैकाका लागि बलिङ्गमा मुजिब उर रशमानले सर्वाधिक ३ विकेट लिएका थिए ।

गुयाना अमेजन वारियर्सले दिएको १०९ रनको लक्ष्य जमैकाले १८ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । जमैकाका लागि बोनरले सर्वाधिक ३० रन बनाएका थिए ।

जमैका तलैवाजको जितमा सन्दिपको प्रदशर्न पनि निकै रहेको थियो । सन्दिपले आफ्नो ४ ओभरमा १२ रनमा दिएर १ विकेट निकालेका थिए । उनले गुयाना अमेजन वारियर्सका अलराउण्डर शेर्फेन रदरफोर्डको विकेट निकालेका थिए ।

त्यसैगरि हिजो बेलुका भएको खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोसले बार्बडोस ट्राईडेन्सलाई ६ विकेटले पराजित गरेको छ ।

वि.सं.२०७७ भदौ १० बुधवार ०६:४० मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...