back
CTIZAN AD

न्यायका लागि मानव अधिकारद्वारा सरकारको ध्यानाकर्षण

वि.सं.२०७७ भदौ १० बुधवार

720 

shares

१० भाद्र, काठमाडौँ । न्यायका लागि मानव अधिकारले सरकारले कोभिड १९ बाट संक्रमित व्यक्तिहरुको पक्षमा काम नगरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

संयोजक ईन्द्रप्रसाद अर्यालद्वारा जारी विज्ञप्तीमा सरकारले नेपालको संविधान, कानुन तथा नेपाल पक्ष भएका मानवअधिकार सन्धिहरुले संरक्षण गरेको मानिसको बाँच्न पाउने हक, स्वास्थ्यको हक लगायतको मौलिक मानवअधिकारको गम्भिर उल्लंघन भएको उल्लेख गरिएको छ ।

‘देशमा कोभिड १९ को महामारी बढी रहँदा सरकारले संक्रमित व्यक्तिहरुको पक्षमा काम नगरेको, स्वास्थ्य क्षेत्रमा अराजकतामा बृद्धि हुँदै गएको, वैदेशिक रोजगारी गुमाएका नेपालीहरुलाई देश फर्काउन न्यायोचित व्यवस्था गर्न नसकेको, कोभिड संक्रमितहरुले समयमा उपचार नपाएको, दुव्र्यवहार भोग्नु परेको, स्वास्थ्यकर्मीहरुउपर दुव्र्यवहार बढेकोतर्फ सञ्जालको गम्भिर ध्यानाकर्षण भएको’ विज्ञप्तीमा जनाइएको छ ।
मानवअधिकारको संरक्षण गर्नका लागि सरकार तथा सम्बद्ध पक्षले तत्काल अबिलम्ब गर्नुपर्ने भन्दै सञ्जालले विभिन्न बुँदामा सुझाव प्रस्तुत गरेको छ ।

विज्ञप्तीमा दैनिक काम गरी जीविकोपार्जन गर्ने नागरिकलाई जीविकोपार्जनका लागि तुरुन्त न्यायोचित राहत उपलब्ध गराउन, कोरोना संक्रमितमाथि विभेद गर्ने, रोकथाम तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्ने दोषीहरु उपर तुरुन्त कारवाही अगाडि बढाउन माग गरिएको छ ।

कोरोना संक्रमितले उपचारनपाई मृत्युवरण गर्नुपर्ने अवस्था रोक्न, नीजि तथा सरकारी अस्पताल, मेडिकल कलेज लगायत स्वास्थ्य संस्थाहरुलाई क्रियाशिल एवम् उत्तरदायी बनाउन भनिएको छ ।

औषधी तथा स्वास्थ्य सामग्रीहरुमाथि कालाबजारी गर्ने उपर कारवाही, बन्दाबन्दी र निषेधाज्ञाको समयमा अत्यावश्य कामका शीलशिलामा घरबाहिर निस्कनु पर्ने बाध्यता भएकाहरुमाथि पनि सुरक्षाकर्मीहरुले दुव्र्यवहार गरेको पाइएकोले त्यस्तो दुव्र्यवहार रोक्न र दोषीउपर कानुनी कारवाही गर्न माग गरिएको छ ।

अगंपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुको मनोबल बढाउन र उनीहरुका परिवारका सदस्यहरुलाई सम्भावित संक्रमणको भयबाट मुक्त राख्न सरकारले आवश्यक कदम चाल्नु पर्ने बताइएको छ ।

 

वि.सं.२०७७ भदौ १० बुधवार १३:१९ मा प्रकाशित

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...