१० भदौ, काठमाडौं । राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख डा. महाविर पुनले कोरोना जाला र स्कुल खोलौला अनि विद्यार्थी पढाउला भनेर हात बाँधेर नबस्न सम्बन्धीत निकायलाई सुझाव दिएका छन् ।
सहरका बालबालिकाहरु अनलाइनमाध्यमबाट पढिरहेको भएपनि मोफसलका विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्न नहुने भन्दै एफएम रेडियो लगायतलाई प्रयोग गरेर विद्यार्थीहरुको पढाईलाई निरन्तरता दिनुपर्ने बताउदै ९ बुँदे सुझाव सहित शिक्षा क्षेत्रमा तत्काल यी कदम चाल्नुपर्ने बताएका छन् ।
‘पाठ्यपुस्तक, इन्टरनेट र टिभीको पहुँच नभएको ठाउँका बिद्यार्थीहरुलाई पठन पाठन गर्न ः रेडियोको अत्यधिक प्रयोग गरौँ । नेपालमा सुदूरपश्चिमका केहि जिल्लाहरुमा यो कुरा प्रयास भैरहेको रहेछ र अरु देशहरुमा पनि रेडियो स्टेशनबाट पनि पढाउँदा रहेछन । अब यसलाई राष्ट्रव्यापी रुपमा लैजानु पर्यो,’ डा. महाविर पुनले भनेका छन्, ‘यो कार्यक्रम राष्ट्रब्यापी रुपमा अगाढी बढाऔं र सामुदायिक बिद्यालयका बिद्यार्थीहरुको भविष्यसँग खेलबाड नगरौँ । यसको लागी निम्न अनुसारको कदम चालौं ।’
कोरोना जाला र स्कूल खोलौला भनेर कति कुर्ने ?
इन्टरनेट नभएर अनलाईन पढ्न नपाउने विद्यार्थीहरुले पढ्नै नपाउने त ? लकडाउन गरेर चुपचाप लागेर बस्नु भन्दा कोरोनाको समयमा सामुदायिक विद्यालयका बाल बालिकाहरुलाई पढाउन हाल चालु भएका रेडियो स्टेशनहरु प्रयोग गरे पनि ता हुन्छ नि । किन भने नेपालमा ईजाजत प्राप्त ७४१ ओटा रेडियो स्टेशनहरु रहेछन । ईच्छाशक्ति भयो भने यो सजिलै गर्न सकिने काम पनि हो । स्टेसनहरुको लिस्ट यहाँ छ
लौ त शैक्षिक पत्रकारहरु, शिक्षकहरु, स्थानीय, प्रदेश र संघीय सरकारहरु र रेडियो स्टेशनहरु अगाढी बढ्नु होस् त ।
पाठ्यपुस्तक, इन्टरनेट र टिभीको पहुँच नभएको ठाउँका बिद्यार्थीहरुलाई पठन पाठन गर्न ः रेडियो को अत्यधिक प्रयोग गरौँ । नेपालमा सुदूरपश्चिमका केहि जिल्लाहरुमा यो कुरा प्रयास भैरहेको रहेछ र अरु देशहरुमा पनि रेडियो स्टेशनबाट पनि पढाउँदा रहेछन । अब यसलाई राष्ट्रव्यापी रुपमा लैजानु पर्यो । यो कार्यक्रम राष्ट्रब्यापी रुपमा अगाढी बढाऔं र सामुदायिक बिद्यालयका बिद्यार्थीहरुको भविष्यसँग खेलबाड नगरौँ । यसको लागी निम्न अनुसारको कदम चालौं ।
१- सर्बप्रथम शिक्षा मन्त्रालयले पाठ्यपुस्तकहरु टाउकोले टेकेर भए पनि अथवा जुन सुकै तरिकाले बिद्यालयहरुमा जति सक्दो चांडो पुर्याउने ।
२- शिक्षा मन्त्रालयले तयार पारेको र अन्य बिज्ञ समुहहरुले तयार पारेको पठन पाठनका अडियो सामाग्रीहरु स्टेशनहरुलाई उपलब्ध गराउने । स्थानीय शिक्षकहरुले पनि पाठ्यसामाग्रीहरुले बिकास गरेर अडियो बनाउने ।
३- पढाउने कामको साथ साथै कक्षा अनुसार पठनपाठन गर्ने सामाग्रीहरु निरन्तर रुपमा अनुभबी बिज्ञहरुबाट क्रमिक रुपमा बनाउंदै जाने र उपलब्ध गराउंदै जाने ।
४ -स्टेशनहरुलाई कार्यक्रम चलाए बापत उचित शुल्क को व्यवस्था गर्ने । सो शुल्क कसले तिर्ने भनेर निर्क्योल गर्ने । स्टेसनहरुले निःशुल्क प्रशारण गर्न पनि सक्नेछन ।
५- रेडियोबाट पढाउन प्रशारण गर्ने समय तालिका बनाउने र जानकारी दिने ।
६-स्थानीय सरकारले बिद्यालयका स्थानीय शिक्षकहरु परिचालन गरेर रेडियोद्वारा पठन पाठन हुने कुराको जानकारी आफ्ना विद्याथीहरुलाई र अबिभाबकहरुलाई दिने । त्यसको लागी आबश्यक ब्यबस्थापन गर्ने ।
७- सबै बिद्यार्थीहरुको घरमाः रेडियो रिसिभर भए नभएको हेर्ने र नभएको खण्डमा रिसिभर उपलब्ध गराउन । हाल अधिकांश मोबाईलहरुले स्टेसन टिप्छ । स्थानीय सरकारले हरेक स्थानीय बिद्यालयहरुमा रेडियो शिक्षाको व्यवस्था अनिबार्य रुपमा गर्ने ।
८- यसरी सुरु गरिएको पठनपाठनका कामहरु सुचारु रुपमा चलेको अथवा नचलेको कुराको मोनिटरिङ गर्न र नचलेको भए आबश्यक प्रबन्ध गर्न प्रदेश सरकार र स्थानीय सरकारले एउटा छुट्टै बलियो टीम बनाउने ।
९- यदि स्थानीय, प्रदेश र संघीय सरकारहरुसँग बजेट नभएर आर्थिक अभाबले यो कार्यक्रम चलन गर्न नसक्ने भयो भने सम्पूर्ण अबिभाबकहरु र दाताहरुबाट सहयोग संकलन गरौ र पैसा भएन भनेर चुप लागेर नबसौं ।
यस्तै यस्तै कुराहरु युद्धस्तरमा छलफल गरेर युद्धस्तरमा नै काम सुरु गरि हालौं किन भने अब धेरै ढिलो भएको छ र अझै पनि स्कूलहरु खुल्ने सम्भावना निकै कम छ. धन्यबाद ।
https://www.facebook.com/mahabir.pun/posts/10158660061465479
वि.सं.२०७७ भदौ १० बुधवार १३:५४ मा प्रकाशित






























