न्यूयोर्क, अमेरिका । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले अगस्ट १४, २०२० का दिन सातौँ पटक निःशुल्क शुद्व दूध वितरण कार्यक्रम सम्पन्न गरेको छ। न्युयोर्क शहरको क्वीन्स र ब्रुक्लीन बोरोस्थित विभिन्न संघसस्थाहरु मार्फत ५ प्यालेट्स शुद्व दुध वितरण गरेको जानकारी यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले दिए।
आजसम्म फाउण्डेशनले लगभग ११ हजार ग्यालन अर्थात् ४१ हजार ६३५ लिटर शुद्व दूध क्वीन्स र ब्रुक्लीन बोरोस्थित विभिन्न संघसस्थाहरुमार्फत वितरण गरीसकेको छ।
रिभर फण्डका मुख्य उत्पादन अधिकारी डा ओट्टो स्टार्जमेनसँग सहकार्य गरी निःशुल्क शुद्व दूध वितरण गरिएको हो। उनले यसै फाउण्डेशनलाई फेरि ५ प्यालेट्स शुद्व दूध, प्रत्येक प्यालेटमा १९२ ग्यालन गरि जम्मा ९६० ग्यालन अर्थात् ३,६३३ लिटर शुद्व दुध सहयोग स्वरुप प्रदान गरेका थिए भने विभिन्न संघसस्थाका प्रतिनिधिहरुले आफ्नै सवारी साधन, जम्मा १३ वटा कार लिएर वेरहाउसबाट शुद्व दूध आफैं उठाएका थिए ।
गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले न्युयोर्कको ब्रुक्लीन र क्वीन्समा रहेका संघसंस्थाहरु क्रमशः युनाईटेड शेर्पा एसोसिएसन अमेरिकाका उपाध्यक्ष फुर्वा शेर्पा मार्फत २६० ग्यालन दूध, नेकाँ युवा नेता अनिल पाण्डेमार्फत २५० ग्यालन दूध, नेका युवा नेता प्रेम क्षेत्रीमार्फत ६० ग्यालन दूध, ल्याटिनो अमेरिकनका वान गोन्जालेजमार्फत १०० ग्यालन दूध, पल्जु शेर्पामार्फत ४० ग्यालन दुध, गोर्खा समाज अमेरिकाका सदस्य प्रदीप लामिछानेमार्फत ४० ग्यालन दूध, लाएन्स क्लव क्वीन्स बुद्वका उपाध्यक्ष बुद्व पौडेलमार्फत १५२ ग्यालन दूध, राजेश कार्कीलाई ४० ग्यालन दूध गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाले हस्तान्तरण गरेको थियो भने बाँकी दूध यसै फाउण्डेशनका केन्द्रीय सदस्य सुर्य सिमखडाले वितरण गरेका थिए ।
फाउन्डेसनको निःशुल्क शुद्व दुध वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा र केन्द्रीय सदस्य सूर्य सीमखडा खटिएका थिए भने स्वयंसेवीहरु क्रमशः नेका युवा नेताहरु क्रमशः राजेश आचार्य, पंकज सुब्बा, प्रेमलाल बुढा मगर, नारायण भट्टराई, कुमार खडका, प्रधुम्न रायमाझी लगायत खटिएका थिए ।
गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले रिभर फण्डका मुख्य उत्पादन अधिकारी डा ओट्टो स्टार्जमेनलाई धन्यवाद एवम् हार्द्वीक आभार व्यक्त गरेको छ ।
वि.सं.२०७७ भदौ १० बुधवार १३:५४ मा प्रकाशित






























