back
CTIZAN AD

बैंकका कर्मचारीको तलब बढ्दा कृषि मजदुरको ज्याला घट्यो

वि.सं.२०७७ भदौ १० बुधवार

810 

shares

काठमाडौं । बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरुको तलब बढ्दा कृषि क्षेत्रमा काम गर्ने मजदुरहरुको तलब भने घटेको छ । नेपाल राष्ट्र बैंकले आईतबार प्रकाशित गरेको आर्थिक बर्ष २०७६/७७ को आर्थिक तथा बित्तिय प्रतिवेदनले यस्तो जनाएको हो । प्रतिवेदनअनुसार बैंक तथा बित्तिय संस्थामा काम गर्ने कर्मचारीको अघिल्लो बर्षको तुलनामा २२.३० प्रतिशतले तलब बढ्दा कृषि क्षेत्रमा काम गर्ने मजदुरको ज्याला भने ४ प्रतिशतले घटेको छ ।

प्रतिवेदनमा निर्माण क्षेत्रमा काम गर्ने मजदुरहरुको ज्याला पनि २.९ प्रतिशतले घटेको उल्लेख छ । प्रतिवेदनअनुसार बार्षिक बिन्दुगत आधारमा समग्रमा कर्मचारीहरुको तलब तथा श्रमिकको ज्यालामा अघिल्लो बर्षको तुलनामा औसत ०.२ प्रतिशतले बृद्धि भएको छ । त्यसमध्ये कर्मचारीहरुको तलब औषत ६.८ प्रतिशतले बढेको छ भने मजदुरहरुले पाउने ज्यालामा औसत १.७ प्रतिशतले गिरावट आएको छ ।

कर्मचारीहरुले पाउने तलबको कूल भारित अंश २६.९७ प्रतिशत रहेको छ भने बिभिन्न क्षेत्रमा कमगर्ने मजदुरहरुले पाउने ज्यालाको भारित अंश ७३.०३ प्रतिशत रहेको छ । त्यसमध्ये बैंक तथा बित्तिय क्षेत्रका कर्मचारीहरुको तलब सबैभन्दा धेरै बढेको छ ।

अघिल्लो आर्थिक बर्ष २०७५/७६ मा औसत १.२ प्रतिशतले बढेको बैंक तथा बित्तिय क्षेत्रका कर्मचारीको तलब गत बर्ष २३.५ प्रतिशतले बढेको छ । बैकिङ् क्षेत्रका कर्मचारीको भारित अंशजम्मा ०.५५ प्रतिशत रहेको छ ।

त्यसैगरि कृषि क्षेत्रमा काम गर्ने श्रमिकहरुको औसत ज्याला ४ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक बर्ष २०७५÷७६ मा ११.५ प्रतिशतले बृद्धि भएको ज्यालादर गतआर्थिक बर्ष २०७६/७७ मा भने ७.४ प्रतिशतमा सिमित भएको हो । कृषिक्षेत्रमा काम गर्ने कर्मचारीहरुको भारित अंश भने ३९.४९ प्रतिशत रहेको छ ।

त्यस्तै सबैभन्दा मारमा परेको अर्को समुदाय भनेको निर्माणको क्षेत्रमा कामगर्ने समूदाय रहेको छ । सो समूदायको ज्याला पनि अघिल्लो आर्थिक बर्षको तुलनामा गतबर्ष २.९ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक बर्षमा ९.५ प्रतिशतले बढेको सो समूदायको ज्यालादर गत बर्ष भने ६.७ प्रतिशतमा सिमित भएको हो । यो समूदायको भारित अंश भने ८.२९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सार्बजनिक गरेको तथ्याङ्क अनुसार धनी झन धनी हुंंदै जाने तथा गरिब झन गरिब हुदै जाने देखिएको छ । कृषि तथा निर्माण क्षेत्रमा कामगर्ने समूदायको कूल तलब तथा ज्यालाको ४७.७८ प्रतिशत भारित अंश रहेकोमा तिनिहरुको आम्दानीमा ५.५ प्रतिशतले संकुचन आउंदा ०.५५ प्रतिशत भारित अंश रहेको बैंक तथा बित्तिय क्षेत्रका कर्मचारीहरुको तलबमा २२.३ प्रतिशतले भएको बृद्धिले यो अबस्थाको प्रष्ट संकेत गरेको छ ।

बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको माहामारीले ठूलो क्षेत्रलाई प्रभाबित बनाएको छ । यसले समाजमा आर्थिक रुपले बिभेदको खाडल झनै बढ्ने देखिएको छ ।

कुन क्षेत्रमा कसको तलब कति घट्यो या बढ्यो ?

सार्वजनिक संस्थान :१२.६० प्रतिशतले बढ्यो
बैंक तथा बित्तिय संस्था :२२.३० प्रतिशतले बढ्यो
सेना, प्रहरी :०.९ प्रतिशतले बढ्यो
शिक्षा क्षेत्रमा :०.२ प्रतिशतले बढ्यो
कृषि मजदुर :४ प्रतिशतले घट्यो
औद्योगिक मजदुर :४ प्रतिशतले बढ्यो
निर्माण मजदुर :२.९ प्रतिशतले घट्यो

(नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक आर्थिक वर्ष २०७६/०७७ तलब तथा ज्यालादरको राष्ट्रिय सूचकांक)

वि.सं.२०७७ भदौ १० बुधवार १३:५८ मा प्रकाशित

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...