विस्वब्यापी महामारीको यस्तो जटिल परिस्थितिमा एकार्काका लागि सहयोग, माया र सद्भाव राख्नु नितान्त आवश्यक भएकोमा सङ्क्रमितलाई अपहेलित गरिने मात्रै नभएर अझ सङक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा पनि अहिले बढ्दो सङक्रमण देखिएपछि उहाँहरुलाई नै टोलछिमेकका सबै मिलेर दुराचार गर्ने प्रवृत्ति देखिनु अत्यन्तै दुखद् हो ।
संसारभर फैलिएको कोरोना कहरबाट आज सारा विस्व ग्रसित छ । नेपालमा कोरोना संक्रमित संख्या झन्डै ३४ हजार पुगेर बढी कोरोना संख्या हुने देशमा ६४ औं नम्बरमा पुगिसकेको छ र बढ्ने संख्या दिनानुदिन बढिरहेको छ र क्वारेन्टिन, हस्पिटलका वार्डहरुमा सङ्क्रमितहरु थपिँदै गैरहेका छन् । यस्तो अवस्थामा आफू र आफ्नाहरुलाई सुरक्षित राख्नु पर्ने त छँदैछ, साथै यस्तो बेलामा स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन बिभिन्न उपायहरुलाई प्रभावकारी ढंगबाट ल्याइनुपर्नेमा झन हतोत्साहित र निरुत्साहित तुल्याउने गतिबिधिहरु भएको पाईन्छ ।
नेपालमा कोरोनासम्बद्ध स्वास्थ्यकर्मीले सामना गर्न परेका समस्याहरु :
– स्वास्थ्यकर्मीका लागि आबस्यक ब्यक्तिगत सुरक्षा साधनहरु पर्याप्त नहुनाले ती साधनहरुको लागि खर्च नहोस भनेर स्वास्थ्यकर्मीले लामो समय काम गर्नुपर्छ,
– १२ देखि २४ घण्टासम्म कोभिड युनिटमा काम गरेपछि पनि अस्पतालले कर्मचारीलाई पुग्नेगरी बस्ने ठाउँ मिलाउन सकेको छैन जस्ले गर्दा ५(६ जना एउटै सानो कोठामा बस्नुपर्छ,
– अस्पतालमा आउने सबै बिरामीको RT-PCR Test नगरिने भएकोले NoN-COVID युनिटहरुमा काम गर्न झनै खतरा हुन्छ,
– स्वास्थ्य मन्त्रालयले सबै स्वास्थ्यकर्मीको अनिवार्य PCR Test गराउन भनिए तापनि त्यसो गरिएको छैन,
– अस्पतालको गाडी सबै ठाउँ जाँदैन,
– कतिपय अस्पतालमा लकडाउनको समयमा काममा आउन नसके काम छोडनका लागि सूचना जारी गरिएको छ,
– अस्पतालकै सवारी चालक, सहचालक र अन्यलाई नै कोभिड संक्रमण देखिन थालेपछि आफ्नो साधन नभएको कर्मचारीलाई काममा आउन जान समस्या छ,
– समुदायमा झन स्वास्थ्यकर्मीलाई घृणाको नजरले हेरिन्छ,
– भाडामा बस्ने स्वास्थ्यकर्मीहरुलाई घरबेटीले कोठामा फर्केर नआउन भनिन्छ,
– सरकारले कोभिड युनिटमा अग्रभागमा काम गर्नेहरुलाई भत्ता दिने र इन्सुरेन्स पनि गराउने भनिए तापनि न त भत्ता न त इन्सुरेन्सकै ब्यबस्था गरिएको छ ।

विस्वब्यापी महामारीको यस्तो जटिल परिस्थितिमा एकार्काका लागि सहयोग, माया र सद्भाव राख्नु नितान्त आवश्यक भएकोमा सङ्क्रमितलाई अपहेलित गरिने मात्रै नभएर अझ सङक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा पनि अहिले बढ्दो सङक्रमण देखिएपछि उहाँहरुलाई नै टोलछिमेकका सबै मिलेर दुराचार गर्ने प्रवृत्ति देखिनु अत्यन्तै दुखद् हो । आखिर त्यो ठाउँमा कुनै पनि ब्यक्ति कुनै पनि बेला पुग्न सक्ने संभावना भएकोले आँफै त्यो ठाउँमा पुग्दा यो मानसिकताले आफ्नो उपचारमा संलग्न ब्यक्तिको अपेक्षा केका आधारमा गर्ने ? अत: हालको यस्तो जटिल परिस्थितिमा हाम्रा लागि दिनरात नभनि खटिनु हुने स्वास्थ्यकर्मीलाई सम्मान गर्दै आफ्नो समुदायमा कोही सङ्क्रमित भएमा उहाँहरुको विशेष ख्याल राख्ने मानसिकताको बिकास गरिनु आबस्यक छ र उनीहरुलाई काम गर्न अभिप्रेरित गरिने बातावरण तय गरिनुपर्छ ।
वि.सं.२०७७ भदौ १० बुधवार १४:०८ मा प्रकाशित






























