back
CTIZAN AD

निर्वाचन क्षेत्र पूर्वाधार कोषबाट खानेपानी सुविधा

वि.सं.२०७३ पुस १८ सोमवार

1.1K 

shares

१८ पुस,पोखरा । लेखनाथ नगरपालिका–१६ भरतपोखरीस्थित तिक्लाङमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषअन्तर्गतको रु १० लाखको सहयोगबाट लगभग रु ३० लाखबराबरको खानेपानी आयोजना सम्पन्न भएको छ ।

व्यवस्थापिका–संसद् विकास समितिका सभापति एवम् कास्की निर्वाचन क्षेत्र– न. ३ का सांसद रवीन्द्र अधिकारीमार्पm निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको आर्थिक वर्ष २०७२÷७३ को रु १० लाख सहयोग भए पनि स्थानीय जागरुकताका कारण जनश्रमदान समेतका आधारमा आयोजना सफल बनेको हो ।

तिक्लाङस्थित मोहन खोलामा २०÷२० हजार लिटर क्षमताका दुईवटा पानी ट्याङ्की निर्माण गरी लगभग २०० मिटरको दुरीबाट ल्याइएको सो खानेपानी योजनाबाट १२० घरपरिवारलाई सुविधा पुगेको छ ।

‘एक घर एक धारा’ अभियानका रुपमा सात महिनाअघि निर्माण सुरु गरिएको सो खानेपानी योजना स्थानीय वासिन्दाको अथक प्रयासबाट सम्पन्न गरिएको खानेपानी उपभोक्ता समितिका संयोजक गोपबहादुर बाँनियाले जानकारी दिनुभयो ।

विकास समितिका सभापति रवीन्द्र अधिकारीले आज यहाँ आयोजित एक कार्यक्रमकाबीच निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको उद्घाटन गर्दै निर्वाचन क्षेत्र पूर्वाधार र सांसद विकास कोष रकमले विकास निर्माणप्रति जनतामा उत्साह थपेको बताउनुभयो ।

कार्यक्रममा आयोजना सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्नुहुने समितिका अध्यक्ष मेघनाथ ढकाललगायत ११ जनालाई खाँदा र सम्मानपत्रले सम्मान गरिएको थियो ।

नेकपा (एमाले) कास्कीका सचिवालय सदस्यद्वय युवराज पौडेल र शिवप्रसाद आचार्य, क्षेत्रीय अध्यक्ष धनबहादुर नेपालीलगायतले खानेपानीको मुहान संरक्षण, संवद्र्धन गर्दै उपयोग गर्नसके आयोजनाले निरन्तरता पाउने बताउनुभयो । रासस

वि.सं.२०७३ पुस १८ सोमवार ०८:१२ मा प्रकाशित

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम । प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष...

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हु्ँदै छ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हु्ँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ...

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ

भद्रपुर (झापा) । लागूऔषध तस्करहरूले सुरक्षा जाँच छल्न नयाँ–नयाँ उपाय...

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी...

बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

सुदूरपश्चिम । बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी...

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासका...