back
CTIZAN AD

आन्दोलनबाटै एमसीसी फिर्ता हुन्छ –लिलामणि पोखरेल

वि.सं.२०७७ भदौ १० बुधवार

2K 

shares

एमसीसी पास गराउने षड्यन्त्रलाई ‘देशद्रोही विचार ’ को संज्ञा दिँदै नेता पोखरेलले संसदबाटै फिर्ता गराउने गरी आन्दोलन उठाउनु पर्ने र आफू त्यसमा सरिक हुने धारणा राखेका थिए ।

१० भदौ, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य तथा प्रभावशालि नेता लिलामणि पोखरेलले आन्दोलनबाटै एमसीसी फिर्ता हुने बताएका छन् ।

केहीदिन अघि सत्तारुढ नेकपाको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनमा उल्लेखित ‘राष्ट्रिय हीतमा स्पष्ट पार्दै’ भन्ने शब्द आपत्तिजनक भएको व्याख्या गर्दै नेता पोखरेलले राष्टघात सच्चाउन नेपाली जनताको राष्ट्रवादी आन्दोलन मात्र विकल्प रहेको बताएका हुन् ।

कोरोना प्रभाव नबढ्दै दुई दर्जन जति औपचारिक र पचासौँ अनौपचारिक कार्यक्रममा पुगेर एमसीसीको सम्भावित राष्ट्रघात बारे प्रशिक्षण, मन्तव्य र जागरण चलाउँदै देश दौडाहा समेत गरेका नेता पोखरेलले एमसीसी खारेज अभियानको पहलमा आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै निषेधाज्ञा लगत्तै जनजागरण बढाउनु पर्ने धारणा राखेका थिए ।

उनले गत माघमा सम्पन्न पार्टी बैठकको स्प्रिट बाहिर गएर राष्ट्रघात गर्न खोजिए आफूलाई अमान्य हुने पनि बताएका थिए । एमसीसी सम्झौताको भूमिकामै ‘संसदबाट पास गर्नुपर्ने बुँदा राखिनु ’ ले पूर्ण वैधतामार्फत हस्तक्षेप निम्तिने कुरामा उनले प्रष्ट्याएका थिए । एमसीसीको प्रवेशलाई ‘नयाँ इष्ट इण्डिया कम्पनी’ का रुपमा व्याख्या गर्दै नेता पोखरेलले ‘नवउपनिवेश जन्माउने ’ ध्येय भएकाले कुनै हालतमा अनुमति दिन नहुनेमा जोड दिएका थिए ।

एमसीसी सम्बन्धि कार्यदलले दिएको ‘१७ बुँदामा संशोधन गर्नुपर्ने’ विषय, स्थगित स्थायी समिति बैठकमा बनेको महत्वपुर्ण एजेण्डा, बीचमा बनेको ६ सदस्यीय कार्यदल र एमसीसी बारे बोलिएको अवधारणा लगायतका विषयमा बोल्दै नेता पोखरेलले ‘मूल सम्झौता फेरबदल नहुने’ अमेरिकी अडानको आसय बारेमा समेत ब्याख्या गरेका थिए ।

विश्व राजनीतिमा साम्राज्यवादी प्रभाव बढाउने ध्येयको हिन्द प्रशान्त रणनीति ‘आइपिएस’ अन्तर्गत नै एमसीसी परियोजनाहरु बढाइएको तथा सैन्य एवम् गैरसैन्य गुटमा विभाजित नहुने नेपालको असंलग्नताको मान्यता रहेको बताउँदै नेता पोखरेलले नेपालको संविधान र कानुन भन्दा माथी राखेर एमसीसी मान्नै नसकिने कुरा प्रष्ट्याएका थिए । एमसीसी पास गराउने षड्यन्त्रलाई ‘देशद्रोही विचार ’ को संज्ञा दिँदै नेता पोखरेलले संसदबाटै फिर्ता गराउने गरी आन्दोलन उठाउनु पर्ने र आफू त्यसमा सरिक हुने धारणा राखेका थिए ।

कार्यक्रममा शुभारम्भ मन्तव्य राख्दै वरिष्ठ वामपन्थि नेता तथा माक्र्सवादी चिन्तक स्वनाम साथीले समूहगत र जनस्तरमा समेत ठाउँठाउँमा र पटक पटक कार्यक्रम गरिएको, वक्तव्यहरु प्रसारित भएको, एसएमएस, इमेल र फोनबाट पास नगर्न अनुरोध गरिएको, ड्रोन मार्फत एमसीसीको विरोध गरिएको र रोबोटले समेत बोल्न लगाइएको जस्ता विभिन्न कार्यक्रम भैसकेको पृष्ठभूमिमा सशक्त आन्दोलन उठाउनु पर्ने धारणा राखेका थिए । सो कार्यक्रममा माक्र्सबादी नेता तथा नेकपाका वरिष्ठ उपाध्यक्ष लोक नारायण सुवेदीले कोरोनाको बहानामा अमेरिकाले फसाउने षड्यन्त्र बढ्दै गएको र संसदको अनुमति लिएर नेपालमा अड्डा जमाउन खोजेको जस्ता विषयलाई आम जनताले मनन गर्ने गरी नया ढंगले एकिकृत आन्दोलन उठाउनु पर्ने धारणा राखेका थिए । कार्यक्रममा वामपन्थि नेताहरु साध्यबहादुर भण्डारीफणिन्द्र आचार्यले सडकमा सुतेरै भएपनि आन्दोलन उठाउने अवधारणा सहित राष्टघातको बिरुद्धमा एकगठ हुने धारणा राखेका थिए ।

सत्तापक्ष र प्रतिपक्षका नेताहरुसँग थप संवाद गर्नुपर्ने, सांसदहरुलाई पुनः स्मरण गराउनुपर्ने, कम्युनिष्टको सुविधाजनक सरकार भनिएका बेला सम्भावित राष्ट्रघात रोक्नुपर्नेमा अनुमोदन गरेर झुक्याउन खोजेको प्रति प्रष्ट हुनुपर्ने, आन्दोलनको दायरा फराकिलो बनाउँदै लैजानु पर्ने, स्वार्थ र शर्तमा दिइएको अनुदान कुनै हालतमा स्वीकार गर्न नहुने लगायतका धारणा राखिएको सो कार्यक्रममा संयोजक नारायण शर्माले आगामी आन्दोलनको लागि थप उर्जा र उत्साह मिलेको धारणा राखेका थिए ।

सत्तारुढ नेकपाको विभिन्न तहका कार्यकर्तासहित विभिन्न दलका नेता, कार्यकर्ता र बौद्धिक व्यक्तिहरु गरी ६० जना सहभागी रहेको सो कार्यक्रममा बलदेव भट्ट, निलकण्ठ तिवारी, विद्या चित्रकार, बाबुराम अधिकारी, देविदत्त पाण्डे, एकलाल श्रेष्ठ, बलराम सुवेदी, भरत शर्मा, रघु घिमिरे, मनहरी तिमिल्सिना, वासु न्यौपाने ‘आचार्य अखण्ड ’, शेरबहादुर गुरुङ, राधेश्याम महर्जन, गणेश सिम्खडा, आरबी खड्का, श्रीधर अधिकारी, होम गौतम, विकास गौतम, डा. शम्भु कट्टेल, विन्दु, ज्ञानेन्द्ररत्न बज्राचार्य, धर्मथापा, निमकान्त पाण्डे र रमेश श्रेष्ठ लगायतले एमसीसी खारेजको आन्दोलनमा सक्रिय रुपमा लागी पर्ने बताएका थिए ।

नेपालमा एमसिसिको पक्षमा सक्रियतापुर्वक लाग्नेमा प्रधानमन्त्री केपी शर्मा ओली, पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा मानिन्छन भने एमसिसि टेबुल नभएकै कारण तत्कालीन सभामुखमाथि षडयन्त्र भएको भन्ने बुझाइ रहेको पाइन्छ । सत्तारुढ नेकपाका वरीष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाल, भीम रावल, देव गुरुंग, जगन्नाथ खतिवडा, प्रेमल खनाल, लेखनाथ न्यौपान, केशव नेपाल लगायतका दर्जनौ नेताहरु समेत एमसिसि बिरुद्धमा बोल्दै आएका थिए ।

माघमा सम्पन्न सो पार्टिको केन्द्रिय समितिको बैठकमा बनाइएका १५ समुह मध्ये १ समुह मौन बसेको र अरु बाकी १४ समुहले राष्टघात रोकीनुपर्ने राय बुझाएका थिए । तत्पश्चात नेता लीलामणि पोखरेल लगायतकै पहलमा ३ सदस्यिय अध्ययन कार्यदल बनाइएको थियो ।

वि.सं.२०७७ भदौ १० बुधवार २०:०१ मा प्रकाशित

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...