११ भदौ, काठमाडौं । गण्डकी प्रदेशमा आज थप २५ जनामा कोरोना संक्रमण पुगिट भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशको क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा आज पर्वतका १, बाग्लुङका ८, लम्जुङका ४, तनहुँका ९ र नवलपरासीपूर्वका ३ जना गरी २५ जना संक्रमित थपिएका हुन् ।
आज थपिएकामा पर्वतको जलजला गाउपालिका वडा नं ४ का १६ वर्षीय पुरुष, बाग्लुङ नगरपालिका वडा नं १ का २१ र ३४ वर्षीय पुरुष, ३ का १ वर्षीय वालिकासहित १९ र २७ वर्षीया २ महिला, ८ का २४ वर्षीय पुरुष, १० का २८ वर्षीय र ६ का ३१ वर्षीय पुरुष गरेर जम्मा ८ जना संक्रमित थपिएका हुन् ।
त्यसैगरी लमजुङमा बेशीसहरमा कार्यरत २२, ३७ र २६ वर्षीय पुरुष तथा २४ वर्षीया महिला गरेर ४ जना थपिएका हुन् ।
तनहुँको माग्दे गाउँपालिका ४ का ३४ र ६२ वर्षीय २ पुरुष, ६ का ५८ र ५३ वर्षीय २ पुरुष, ७ का १ वर्षीय बालक र ३५ र ३७ वर्षीय पुरुष, १ की ३९ वर्षीया महिला र भानु नगरपालिका ४ का ५० वर्षीय पुरुष गरी जम्मा ९ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी चितवन मेडिकल कलेजको प्रयोगशालामा नवलपरासीपूर्व मध्यविन्दु नगरपालिका १० का ४० र ५० वर्षीय पुरुष तथा गैडाकोट ५ का ३५ वर्षीय पुरुष गरी जम्मा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

वि.सं.२०७७ भदौ ११ बिहीवार १०:५३ मा प्रकाशित




























